आउदै गरेको नया वर्ष २०७९ वा सिरुवा पर्वको अवसरमा मेगा डिजिटल रेकरडिंग स्टुडियो, झुम्काले दर्शकहरुका लागि उपहार स्वरूप नया म्युजिक भिडियो सर्वजनिक गरेको छ l ‘जिन्गीके डगर मे’ बोलको थारु म्युजिक भिडियो अहिले युटुबमा दर्शक तथा गीतसंगीत प्रेमीहरुले निकै नै रुचाएका छन् l

फोर के अल्ट्रा एचडी (4K ULTRA HD) क्वालिटी मा खिचिएको उक्त भिडियो एक पटक हेरेपछी पटक-पटक हेर्न मन लाग्नुले यसको पछाडी रहेको मिहनेत लाइ अडकल गर्न सकिन्छ, निर्माता प्रकाश चौधरी का अनुसार l विश्वमा पाईने विभिन्न प्रजातिका गुराँस फूल मध्ये सबै भन्दा बढी २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे पहाड, तेर्हथुम जिल्लाका तथा धनकुट्टा जिल्लाका तमर कोशीको मनमोहक दृश्यले सुसज्जित यस म्युजिक भिडियोमा निर्माता तथा मोडेल प्रकाश चौधरी स्वयंले अभिनय गरेका छन् भने अर्की मोडेल मेरिना माझीले अभिनय गरेकी छन् l

हेमन्त चौधरी को रचना, शब्द तथा संगीत रहेको उक्त गीतमा गायिका गीता चौधरी र हेमन्त चौधरी स्वयंको आवाज रहेको छ l पुर्वान्चलमा उत्कृस्ट क्यामेरा म्यान को रुपमा चर्चित कोशी भिजनका प्रोप्राइटर हेमन तामांगले उक्त गित छायांकन गरेका छन् भने तामांगलाइ गीत छयांकनमा मोडेल विनोद चौधरीले बिशेष सहयोग गरेका छन् l बिशाल चौधरी र हेमन तामांग को निर्देशन तथा बिबेक सरदार थारु को कोरियोग्राफ, त्यसै गरी मेकअप म्यान अवध नारायण राजवंशी (जादु) रहेका छन् जसमा सोस्तिका माझी चौधरीले समेत सहयोग गरेकी छन् l

मेगा डिजिटल रेकरडिंग स्टुडियो को ब्यानरमा बनेको उक्त भिडियो MEGA DIGITAL RECORDING STUDIO को युट्युब च्यानलमा यहि चैत्र २४ गते साँझ ५ बजे गीत रिलिज भएको हो l

भिडियो हेर्नुहोस् 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen