थारु पत्रकार संघ सुनसरीको तेस्रो जिल्ला अधिवेशनबाट निशान चौधरी अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

सोमबार (हिजो) सुनसरीको रामधुनी नगरपालिका वडा २ थारु संग्रालयमा भएको थारु पत्रकारको तेस्रो अधिवेशनबाट सर्वसहमत रुपमा अध्यक्षमा थारुलाई चयन गरिएको हो ।

निस्क्रिय सरह रहेको पुरानो जिल्ला कार्यसमितिलाई विघटन गरी १३ जनाको नयाँ कार्यसमिति गठन गरिएको हो ।

थारु पत्रकारको हक, हित तथा अधिकारको लागि वकालत गर्दै आइरहेको संघले हिजो भएको जिल्ला अधिवेशनबाट उपाध्यक्षमा क्रमशः कमला चौधरी, हेमन्त चौधरी, सचिव सरोज चौधरी, सह–सचिव श्वेता सरदार थारु, कोषाध्यक्ष होमकुमारी चौधरीलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा मनिषा चौधरी, रेखा चौधरी, पिंकी चौधरी, चन्द्रकला चौधरी, विनिता चौधरी चयन भएका छन् ।

अधिवेशनमा थारु पत्रकार संघका केन्द्रीय सचिव कुलदीप चौधरी, फोनिज प्रदेश १ का सचिव प्रदीप जस्मैत, फोनिज सुनसरी पूर्वअध्यक्ष धीरेन्द्र चौधरी, अग्रज पत्रकार गवनसिंह चौधरी, थारु महिलासभा सुनसरीकी अध्यक्ष सुशीला चौधरी लगायत थारु पत्रकारहरुको उपस्थिति रहेको थियो ।

थारु पत्रकार संघ नेपालको पाचौँ राष्ट्रिय केन्द्रीय महाअधिवेशन यही चैत २५ र २६ गते नवलपुरमा रुपमा हुने संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen