रास्ट्रिय बाल दिवसको अवसर पारेर यहि मंगलबार २९ गते रामधुनी नगपालिका सुनसरीमै पहिलो, प्रदेश १ मा दोश्रो र नेपालको १० औं बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा भएको छ l बाल बिबाह तथा बालश्रम मुक्त नगर घोषणाकालागि नगरले बिभिन्न सूचकहरु पालना गर्दै अन्ततः प्रदेश सरकार, जिल्ला तथा स्थानीय बालमैत्री शासन अन्तर्गत बालमैत्री नगर घोषणा भएको हो l
नगरले बिभिन्न ९ ओटै वडा र दर्जनौ गाउटोलमा बाल संजाल तथा बाल क्लब खडा गरी संजालमा रहेका पदाधिकारीहरुको सक्रिय सहयोगमा विगत ३ वर्ष देखिको अथक प्रयास सफल भएको जनाएको छ l विश्व महामारीको रुपमा फैलीरहेको कोभिड-१९ का कारण नगरलाई बालमैत्री नगर घोषणा गर्न ढिलो हुन पुगेको हो l नगरले रास्ट्रिय बाल दिवसकै दिन मुख्य प्रशासनिक भवनको समेत उद्घाटन गरेको छ l निर्माणाधीन उक्त भवन रामधुनी नगरपालिका वडा नम्बर ३ सिंगियामा रहेको छ l
प्रमुख अतिथि प्रदेश नम्बर १ का सामाजिक बिकाश मन्त्रि माननीय बल बहादुर साम्सोहांगको उपस्थितिमा नगरले बालमैत्री नगर घोषणा र मुख्य प्रशासनिक भवनको उद्घाटन गरेको हो l