सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित म्याजिक सिनेमा हलमा भिषण आगलागी भएको छ l आज शनिबार बिहान ८.४५ बजे आगलागी भएको हो l बिद्युत सर्ट भएर आगो लागेको हलका संचालक परशुराम चौधरीले जानकारी दिनु भयो l हलमा भएका सम्पूर्ण सामानहरु जलेर पूर्ण नष्ट भएको छ l

नियमित रुपमा कार्यालय पुगेर काम गर्ने क्रममा अचानक बिजुली जाँदा चेक गर्ने क्रममा हलको कन्ट्रोल रुममा पहिले देखि नै बिजुली सर्ट भएर आगो लागिसकेको थियो चौधरीले बताउनु भयो l आगो निभाउने क्रममा संचालकको दुइ वटै हात जलेर घाइते हुनुभएको छ l हलमा रहेका कुर्सि, कम्प्युटर, एसि, प्रोजेक्टर, क्यामेरा, पर्दा लगायत अन्य सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ l आगलागीबाट करिब पौने ३ करोड बराबरको क्षति भएको संचालक चौधरीले जानकारी दिनुभयो l आगो नियन्त्रणमा लिनकालागि इटहरी, इनरुवा, धरान, बराहक्षेत्र, कोशी गापा, दुहबी गरि ६ ओटा बारुण यन्त्र बोलाइएको थियो l स्थानीय, प्रहरी, आर्मीहरुको सहायोगमा पौने दुइ घण्टा पश्चात आगो नियन्त्रणमा आएको थियो l

स्थानीय तह रामधुनी नगरपालिकामा दमकलको व्यवस्था नरहेको कारण समयमा आगो नियन्त्रण गर्न नसकेको स्थानीयहरुको गुनासो रहेको छ l अन्य ठाउँबाट दमकल आउन समय लागेकोले बढी क्षति भएको संचालक परशुराम चौधरीले गुनासो जनाउनु भयो l

भिडियो हेर्नुहोस् 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen