वर्षेनी नेपालमा सयौंको संख्यामा डेंगी रोगबाट मानिसहरुले ज्यान गुमाउने गरेका छन् l यस रोगबाट आफ्ना नगरवासी कसैको पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले गत श्रावण १०  गते रामधुनी नगरपालिका र वडा नम्बर ४ लालपुरको सहयोगमा औषधि छर्किने तथा सरसफाई कार्य सम्पन्न भएको छ l

यसै वडाका स्थानीयवासी कुबेर प्रसाद खतिवडाको डेंगी रोगबाट श्रावण ८ गते शुक्रबार मृत्यु भएको थियो l केहि दिन अगाडी देखि कोरोनाको लक्षणसंग मिल्दोजुल्दो लक्षण स्वास फेर्न गार्हो हुने, थकान महसुस हुने, कमजोरी हुने लगायत अन्य लक्षण देखिएपछी परिवारले उपचारकालागि बिराटनगरको नोबेल हस्पिटल लागेका थिए l लक्षणले कोरोना लागेको जस्तो संका भएपनि चिकित्सकले रोगको परिक्षण पश्चात डेंगी पोजिटिभ भएको प्रमाणित गरेको थियो l २ दिन अगाडी उपचारकालागि लागिएको बिरामी चेकजाच पछी बिहिबार डिस्चार्ज गरि घर ल्याईएको थियो l ७७ बर्षिय खतिवडाको मृत्यु आफ्नै घरमा भयको थियो l

यस्तै घटना अरुमा पनि नघटोस् भन्ने अभिप्रायले स्थानीय चौबाटो सूचना तथा सेवा केन्द्र मानपुरको आयोजनामा उक्त कार्य सम्पन्न गरिएको हो l वडा नं ४ लालपुरबाट आर्थिक सहयोग गर्न पाउदा आफुलाई गौरव महसुस भएको वडाध्यक्ष मनेश कुमार चौधरीले बताउनु भएको छ l नगर प्रमुख जयप्रकाश चौधरीले स्थानीयवासीले समयमै आफुलाई खबर गरि पुर्व-सावधानी अपनाउन सहयोग गरेको बताउनु भएको छ l यो रोग फैलिनबाट रोक्नकालागि गत श्रावण १० गते देखि नै वडा नम्बर ४ भरी डेंगी रोग नियन्त्रणकालागि औषधि छर्किने कार्य भैरहेको छ साथै हरेक गाउँबासीले आफ्ना घर वरिपरी सरसफाई गर्न समेत चौबाटो सूचना तथा सेवा केन्द्रले अनुरोध गरेको छ l

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen