“सेवा नै धर्म हो” भन्ने मुल आशय बोकेको रामधुनी दोहा कतारले आज फेरि आर्थिक सहयोग प्रदान गरेको छ । गरिब, बिपन्न, असहाय र आर्थिक अवस्था कमजोर भएका मानिसलाइ उद्दार गर्ने दोहा कतार समुहले रामधुनी ५ कि रेनुका माझीलाई आर्थिक सहयोग प्रदान गरेको छ । उपचारका लागि आर्थिक सङकटले गाजिरहेको उहालाइ रु.३५०००/- (पैतिस हजार) रुपैया बराबरको रकम हस्तान्तरण गरेको छ । उक्त रकम हस्तान्तरण कार्यक्रम रामधुनी नगरपालिका ५ हसनपुरमा भएको छ । त्यस कार्यक्रम रामधुनी बचत दोहा कतार समुहका सल्लाहकार लक्षमण चौधरि र सह-कोषाध्यक्ष उपेन्द्र चौधरिको उपस्थिमा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।

करिब १५ दिन अगाडि रेनुका माझी कलमा पानी लिन जाने क्रममा चिप्लिएर लडेकी थिइन् । चिउडोमा गम्भीर चोट लागेको थियो तर उपचार गर्नलाइ भने घरको आर्थिक अवस्था एक्दमै कमजोर छ । उहालाइ झुम्का मेडिकलमा उपचारको लागि लगिएको थियो। तर त्यहा नसक्ने स्थिति देखिएपछी डाक्टरले रेफर गरिदियो । आर्थिक उन्मुक्ति पाउन नसकेकाले उहाँलाई त्यहाबाट अन्यत्र लाने अवस्था थिएन । त्यसैले घरमै ल्यायर राखिएको छ । उहाको श्रीमान पनि लगभग ५ वर्ष अघाडी रोजगारको सिलसिलामा बाहिर जानुभएको थियो  । त्यस पश्चात अहिलेसम्म पनि उनि बेखबर रहेको छ । सहाराको नाममा एउटा सानो छोरा छ । जसले न त घरको आर्थिक सङकटलाइ पाखा लगाउन नै सक्छ न आमाको उपचार गर्न । उहाँ आफनो गुजारा सामान्य चटपटे व्यापार गरेर चलाउनु हुन्थ्यो । यो अवस्थाबाट मुक्त भइ फेरि नया जिवनको सुरुवात गर्ने आस राखेको उहाले बताउनु भयो।
सहयोग बापत प्राप्त रकमले आफनो आमालाई राम्रोसँग उपचार गरेर खुसी बनाउने कुरा उहाको छोराले बताउनुभयो । उपचारका लागि आर्थिक सहयोग गरेकोमा रामधुनी बचत तथा दोहा कतार समूह भगवान साबित भएको कुरा उहाले बताउनु भयो । रामधुनी बचत तथा दोहा कतार समुहले अहिले सम्म ८ बिपन्न परिवारलाइ आर्थिक सहयोग गरिसकेको छ । आगामी दिनमा रामधुनी नगरपालिका लगाएत अन्य क्षेत्रका आर्थिक स्थिती कमजोर भएका परिवारलाइ सहयोग गर्ने सह कोषाध्यक्ष उपेन्द्र चौधरिले बताउनु भयो । यसरी सहयो गर्न पाउँदा आफू लागाएत सस्थालाइ नै गर्व महशुस भएको उहाहरुले जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen