लामो समयको प्रयासरत कोसिस पश्चात् रामधुनिका कृषकमा खुसी छाएको छ ।  मिति २०७८/३/२७ गतेका दिन मकै ब्लक सन्चालन समन्वय समिती रामधुनीको आयोजना र कृषि ज्ञान केन्द्र सुनसरिको सहयोगद्वारा रामधुनी नगरपालिकाका कृषकलाइ ५०% अनुदानमा कृषि सामाग्री बितरण  गरिएको छ ।  मकै ब्लक समन्वय समितिका अध्यक्ष हरिनारायण चौधरी र रामधुनी नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरिको प्रमुख अतिथितत्व रहेको थियो । उक्त कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख नुनुराज कार्की ,वडा न ४ का वडा अध्यक्ष  महेश चौधरी ,  प्राबिधिक सन्चालन र अन्य प्रतिस्ठित व्यक्तितत्वहरुको उपस्थिती रहेको थियो ।

सामाग्री बितरण रामधुनी नगरपालिकाको वडा न २,४,८र ९ वडा गरि कुल ४८,९५,६९१ रुपयाको कृषि औजार सामाग्री हस्तान्तरण गरिएको छ  । जसमा मिनि थ्रेसर ८ थान , तौल मेशिन २०० केजिको १९ थान , मिनि टिलर १० थान , पावर स्प्रेयर ३६ थान , अटो पावर टिलर ५ थान , बोरिङ्ग ४ इन्चको ९ थान , रोटरी टिलर १ थान र बोरिङ्ग २ इन्चको सामाग्री बितरण गरियो  ।   बितरण गरिएका सामाग्री   समृध कृषि समूह , अमाह कृषि सहकारी सस्था वडा न २, जानकी कृषक सहकारी समूह , महाशक्ती कृषि सहकारी सस्था, मिलिजुली कृषक समूह , रामधुनी कृषक समूह वडा न ४ , जन जनजागरण कृषक समूह , देबिथान कृषक समूह , नवजागरण महिला कृषि सस्था , डुम्राह कृषक समूह   वडा न ८ र सन्दासी बाबा कृषक समूह , नगेदय कृषक समूहलाई  सामाग्री बितरण गरिएको छ ।

सुनसरी र मोरङको  अव्लोकन गर्दा  बिकल्पमा उबजनी पनि राम्रो हुने  र कृषक पनि लाभान्वित हुने भएपछि सामाग्री ल्याइएको नगर प्रमुखले भन्नुभयो।  यसका साथै “लगनशील र अठोटका साथ लागि  पर्दा फल अवस्य प्राप्त हुन्छ ´´ भन्ने कुरा प्रमाणित भएको कुरा व्यक्त गर्नुहोस ।  यस्तै  आधुनिक उपकरणको प्रयोग गर्न पाउँदा कृषक पनि उत्तिकै खुसी भएका छन ।  रामधुनी नगरपालिकालाइ कृषिमा आधुनिकीकरण गरि भबिस्यमा कुनै पनि कृषि सम्बन्धि समस्या उत्पन्न हुन नदिने नगर प्रमुखले बताउनुभयो। नेपाल कृषि प्रधान देश भएकाले कृषि पद्धतिलाई फरक तरिकाबाट अगाडि बढार रामधुनिलाइ आत्मनिर्भर बनाउने कुरा अध्यक्ष रामनारायण चौधरिले भन्नुभयो।  “रामधुनिलाइ  अब मकै ब्लक हैन मकै जोन बनाउन कृषकले निरनतर प्रयत्न गर्नुपर्छ´´ नगर प्रमुखले बताउनु भयो ।  आधुनीक उपकरणको प्रयोग गर्दा  उब्जनिमा वृद्धि गर्न सकिने कृषकको भनाइ बिस्वास रहेको छ । आगामी दिनमा चालू खर्चबाट भन्दा पुजिगत खर्चद्वारा अगाडि बढने प्रतिबद्धता जनाउदै एकजुट भएर प्रोत्साहित अघि बढने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen