प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३१ गते प्रधानमन्त्रीको रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सपथ लिएका थिए। संविधानको धारा ८० अनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले संघीय कानुन बमोजिम पद तथा गोपनियताको सपथ लिनुपर्ने भएपनि हालसम्म संघीय कानुन नबनेकोले प्रधानमन्त्री लगायत मन्त्रीहरुको सपथ गैरसंवैधानिक भएको भन्दै तत्काल प्रधानमन्त्री ओलीलाई काम कारबाही गर्न नदिन र पुनः सपथ ग्रहण गराएर मात्रै काम गर्न दिन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले सोमबार रिट दर्ता गरेका थिए। संघीय कानुन बनाएर मात्रै सपथ ग्रहण गराई काम गराउन माग गर्दै रिट हालेको अधिवक्ता लोकेन्द्र ओलीले बताए।

प्रधानमन्त्री ओलीले शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरेपछि राष्ट्रपति भण्डारीले दाहो-याएकी थिइन्। दोहो-याउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए।Set featured image

यही कारण प्रधानमन्त्रीको सपथ ग्रहण विवादमा तानिएको थियो। रिट निवेदनमा संघीय संसदको सदस्य नरहेका ७ जना मन्त्रीहरुलाई पनि संविधान विपरित नियुक्त गरिएकोले उनीहरुलाई पदमुक्त गर्नपनि माग गरिएको छ। सांसद नभएको भएपनि प्रधानमन्त्री ओलीले दुई/दुई पटक मन्त्री नियुक्त गरेका थिए र यस्तो व्यवस्था संविधानमा नभएको अधिवक्ता लोकेन्द्र ओलीले बताए।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen