रेडियो रामधुनी, झुम्का, सुनसरी

पूर्वेली थारु भाषामा सिरुवा पावैन (नया वर्ष) २०७८ सालको सम्पूर्ण नेपालीहरुमा शुभकामना सहित थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीले आफ्नो मौलिकता झल्काउने म्युजिक भिडियो सार्वजनिक गरेको छ l “येलै येलै रे सिरुवा” बोलको उक्त म्युजिक भिडियो संघले आफ्नो अधिकारिक युट्युब च्यानल टिएफसिए नेपाल मार्फत सर्वाजनिक गरेको हो l दर्शकहरुले निकै नै मन पराएका उक्त भिडियोमा पुर्व नेपालका चर्चित कलाकारहरु जानकी चौधरी, पर्शुराम चौधरी, एण्डिसा चौधरी, सबिता चौधरी मुख्य भूमिकामा देखिएका छन् भने अन्य कलाकारहरुको पनि दमदार प्रस्तुति रहेको छ l

सिरुवा ‘नया बर्ष’ हरेक बैशाख १ गतेका दिन थारु समुदायमा रहेको चलन अनुसार ठुलाबडाहरुबाट बिहानको समयमा उमेर तथा नातामा साना हुनेहरुले ठुला व्यक्तिको खुट्टामा जुर पानी (पवित्र सितल पानी) चढाउदै ढोगेर बर्ष भरिकोलागि सितल आशिर्वाद थाप्ने गर्दछन् भने ठुलाले सोहि पानी सानाका शिर अर्थात टाउकोमा छर्किदै सिरुवाको आशिर्वाद दिने चलन छ l यस कारण थारु समुदायमा हरेक बर्षको बैशाख १ गतेको दिनलाइ सिरुवा पर्वको रुपमा मनाइन्छ र सोहि दिन ठुलाबाट सानाले आशिर्वाद थाप्ने भएकोले ‘जुर सितल’ को दिन पनि भनिन्छ l

युवा गायक सुनिल चौधरीको शब्द तथा संगीत रहेको उक्त गीतमा सुनिल चौधरी र अनुमा चौधरीको स्वर रहेको छ l जनक चौधरीको निर्देशन तथा कोरियोग्राफ रहेको उक्त गीतको छयांकन सुनसरीकै डकहा, चांदबेला तथा अन्य ठाउमा गरिएको हो l

भिडियो हेर्नुहोस् 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen