रेडियो रामधुनी ९१.९ मेगाहर्जले आयोजना गरेको निशुल्क ७ दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम आज सम्पन्न भएको छ l तालिम पश्राचात रामधुनी नगरभित्र र नगर आसपासका अन्य नगर तथा गाउमा  हुनेगरेको सानाठुला सबै खाले गतिविधिहरुलाई यथासिघ्र समेटेर यस रेडियोबाट श्रोताहरुलाई सुचिकृत गराउने उदेश्यले नगरका ९ ओटै वडाबाट तिन-तिन जना प्रशिक्षार्थी बोलाइएको थियो l २२ जना प्रशिक्षार्थीहरु मध्ये रामधुनीका बाहेक छिमेकी इटहरी उप-नपा, इनरुवा नपा, बराहक्षेत्र नपा बाट समेत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो l

उक्त तालिम पश्चात आफुहरुमा बोल्नेकलाको राम्रो बिकाश भएको रामधुनी-३ का प्रशिक्षार्थी सावित्रा भट्टराई बताउछिन् l स्टेज होस् या रेडियोमा अब देखि निर्धक्कसँग बोल्ने क्षमता आफुले यो सात दिने तालिममा सिकेको वडा नं ९  रामधुनी, मर्चैया कि दिक्षा चौधरी बताउछिन् l वडा नं १ भादगाउँ कि प्रशिक्षार्थी सिर्जना चौधरीका अनुसार यो सात दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम बाहेक अरु धेरै तालिम लीसकेकी तर आफुमा बोल्ने वा उद्घोषण गर्ने कला खासै नजानेको बताउदै यस पटकको ७ दिने तालिम पश्चात अब आफुमा बोल्ने आत्मविश्वास धेरै नै बढेको खुशी व्यक्त गरिन् l

आजको यस समापन कार्यक्रममा प्रशिक्षक आर.एन. असिमका अनुसार आफुले पत्रकारिता तथा रेडियो क्षेत्रमा निकै लामो समयदेखि लागेको र आफ्नो अनुभव प्रशिक्षार्थी भाइबहिनीहरुलाई सिकाउन पाउदा खुशी लागेको बताएका छन् l प्रशिक्षक नविन कुमार चौधरीले पनि रेडियो तथा पत्रकारिताका बिषयमा समाज र नगरमा रहेका इच्छुक भाइबहिनीलाई यो ७ दिने निशुल्क तालिमले भविष्यमा केहि गर्नुपर्छ भन्ने ठुलो हौसला मिलेको बताउछन् l तालिममा सहभागी सबैलाइ प्रमाणपत्र गरिएको छ l

बिभिन्न सात बिषयबस्तु रेडियो उद्घोषण, आधारभूत पत्रकारिता तालिम, समाचार लेखन, वाचन  तथा सम्पादन तालिम, कार्यक्रम उत्पादन तालिम, रेडियो प्राविधिक तालिम, बजार व्याबस्थापान तालिम र व्यक्तित्व बिकाश तालिमको आयोजना गर्न पाउदा खुशी लागेको रेडियो रामधुनीका का. संयोजक हेमन्त चौधरी बताउछन् l जन्मे देखि नमरुन्जेलसम्म धेरै गरिने कार्यमध्ये बोलीचाली भएको तर बोलीचालीको शैलीको राम्रो बिकाश र व्यक्तित्व बिकाशको कमीले जीवनमा धेरै समस्या हुने भएकोले यो बोल्ने कलालाइ सबैले सिक्नु पर्ने प्रशिक्षक, रेडियो रामधुनीका बरिष्ठ रेडियो जकी मान्यता शाहले बताइन् l समाजका थुप्रै भाइबहिनीलाई अगाडी बढ्नकालागि भोलिका दिनमा पनि यस्ता खालका तालिमको जरुरी रहेको बताउदै निकट भविष्यमा फेरी तालिमको आयोजना गर्ने यस रेडियो रामधुनीका संचालक समितिका सदस्य गोविन्द श्रेष्ठले बताएका छन् l

तालिममा सहभागीहरुको तस्विर

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen