आइतबार ११, माघ २०७७

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले गत आर्थिक वर्षमा ४४ दशमलव ३ प्रतिशत मुद्दा फर्स्योट गरेको छ।

जिम्मेवारी सरेर आएका ८६५ र नयाँ दर्ता भएका १ हजार १७ वटा गरी १ हजार ८८२ वटा मुद्दा दर्ता भएको आयोगको कार्यालय इटहरीका प्रमुख प्रकाश पौडेलले बताए। उनले दर्ता भएकामध्ये ८३४ वटा मुद्दा फर्स्योट गरेको बताए। पौडलका अनुसार १ हजार ४८ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा छन्।

आइतबार प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई आयोगको ३० औं वार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गर्दै कार्यालय प्रमुख पौडेलले स्थानीय तहका उजुरी बढी आएको बताए। उनले स्थानीय तहको संघीय मामिला तर्फ ७१६ र शिक्षा तर्फ ३६९ वटा उजुरी आयोगमा दर्ता भएको बताए।

स्थानीय तहपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका १६२ वटा उजुरी आयोगमा परेका छन्। कार्यालय प्रमुख पौडेलले गत आर्थिक वर्ष २०७६–०७७ मा २० वटा ‘स्टिङ अपरेसन’ गरिएको बताए। सो क्रममा २४ जनालाई नियन्त्रणमा लिइएको छ।

नियन्त्रणमा लिइएकाहरुमा अधिकृत स्तरका कर्मचारी ४, सहायक स्तरका १७, जनप्रतिनिधि १ र अन्य २ जना छन्।

आयोगमा कतिपय उजुरीहरु दुःख हैरानी दिने मनसाय तथा गोलमटोल रुपमा आउँदा समस्या हुने गरेको कार्यालय प्रमुख पौडेलले बताए। उनले सामाजिक सुरक्षा भत्तामा बढी अनियमिता हुने गरेको बताए। सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीमार्फत वितरण नभएका स्थानमा सरकारी रकमको बढी दुरुपयोग र हिनामिना भएको प्रदेश प्रमुख अधिकारी समक्ष जानकारी गराए।

आयोगको वार्षिक प्रगति प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख अधिकारीले आयोगले यथार्थताभित्र रहेर अनुसन्धान गर्ने गरेको बताए। उनले आयोगलाई परिमार्जन र व्यवस्थित गर्नुपर्ने काम भए तत्काल गर्न पनि सुझाव दिए।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen