नयाँ खाले कोरोनाभाइरसको संक्रमण रोक्न बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ। सोमबार टेलिभिजन सम्बोधनमार्फत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन्। पछिल्लो समय बेलायतमा कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढेपछि स्वास्थ्य प्रणाली नै समस्यामा नपरोस् भनेर लकडाउन गरिएको जोन्सनले बताएका छन्।

बेलायतले अक्सफोर्ड/अष्ट्राजेन्काले बनाएको कोरोनाविरुद्धको खोप लगाउन सुरू गर्ने बताएको केही घन्टापछि नै बोरिसले लकडाउन घोषणा गरेका हुन्। सबैभन्दा पहिला बेलायतमै देखिएको र अहिले अरू मुलुकमा पनि फैलिसकेको नयाँखाले कोरोनाभाइरसको संक्रमण रोक्न आपतकालीन कदम चाल्नु आवश्यक रहेको जोन्सनले बताए।

‘मैले आज तपाईंहरूलाई सम्बोधन गरिरहँदा हाम्रा अस्पतालहरूमा महामारी सुरू भएदेखिकै सबैभन्दा बढी दबाब छ,’ जोन्सनले भने,‘देशका धेरै भागमा विभिन्न कडा मापदण्ड अपनाइएका छन्, यो नयाँ खाले भाइरसलाई नियन्त्रणमा ल्याउन हामी सबैले अझै धेरै गर्नुपर्ने प्रष्टै छ। ’ लकडाउन मंगलबारदेखि नै सुरू हुने र कम्तिमा पनि फेब्रुअरी १५ सम्म लागु हुने बताइएको छ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen