रामधुनी बचत समूह दोहा कतारले दशौँ पटक आर्थिक सहयोग प्रदान गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर-१५, एकम्बा स्थित घर भएकी रबिन चौधरीकी श्रीमती वर्ष ३० की रन्जु चौधरीको औषधी उपचारकालागी आर्थिक सहयोग स्वरूप आज मंगलबार ३५ हजार रुपैया सहयोग प्रदान गरिएको हो । हाल चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचाररत चौधरी विगत ३ महिनादेखि ब्लड क्यान्सर पिडित भएको परिवार श्रोतले बताएको छ । घरको आर्थिक अवस्था कमजोर रहेको र बिरामी उपचार गर्न धेरै रकम लाग्ने भएकाले आर्थिक सहयोगकालागि अपिल गरेका चौधरीकी श्रीमान् हाल वैदेशिक रोजगारको शिलशिलामा मलेसियामा रहेका छन् । आर्थिक सहयोग प्रदान गर्न निज चौधरीकै घर एकम्बा पुगेका यस समुहका सह-कोषाध्यक्ष उपेन्द्र चौधरी र सल्लाहकार विजय चौधरी आफुहरुले सहयोग गर्न पाउदा खुशी लागेको बताएका छन् । सहयोग प्रदान गरे बापत विरामी चौधरीकी ससुरा गंगाराम चौधरीले उक्त समुहलाइ धन्यवाद दिदै परेको बेला आफुलाई यो समुह भगवान साबित भएको बताएका छन् । केहि महिना आगाडी मोटरसाइकल दुर्घटनामा परि खुट्टाका हड्डी भाँचिएर उपचार गर्न कठिन भएका रामधुनी वडा नं ३, बुधनगर निवासी दुलारचन चौधरीलाइ औषधि उपचारकालागि यो समुहले ५३ हजार पाँचसयपन्ध्र रुपैया आर्थिक सहयोग प्रदान गरेको थियो ।

बैदेशिक रोजगारका क्रममा खाडी मुलुक कतारमा रहेका युवाहरुको सक्रिय सहभागितामा स्वदेशी भूमिमा रहेका आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई सहायता प्रदान हेतु उक्त बचत समुहको जन्म भएको यसै समुहका सल्लाहकार विजय चौधरीले बताएका छन् । धेरै जसो सुनसरीका युवाहरु यस समुहमा आवद्ध रहेका छन् । सुनसरी र मोरंगका बिभिन्न ठाउँमा छरिएर रहेका युवाहरुले व्यक्तिगत रुपमा मासिक रकम जम्मा गर्ने गरेको अध्यक्ष मनोज चौधरीले बताएका छन् ।

२०७३ सालमा स्थापना भएको उक्त समूहले हाल सम्ममा थारु समुदायले मनाउने जितिया पर्वकालागि ‘थारु महिला उत्थान समाजलाई’ तथा बिरामी औषधि उपचारकालागि बिभिन्न पटक गरि सहयोग स्वरूप हालसम्म ३ लाख ३७ हजार एकसय उनन्तीस रुपैया प्रदान गरिसकेको छ । समुहले अतिनै राम्रो काम गरेकोप्रति इटहरी उपमहानगरपालिका वडा नं १५ का समाजसेवी, सामाजिक अगुवा लक्ष्मी चौधरीले सराह्ना तथा प्रसंसा गरेकी थिइन् । श्रीमान विदेशमा रहेर पनि स्वदेश र आफ्नो समाजकालागि राम्रो काम गरिरहेको भन्दै आर्थिक सहयोग प्रदान कार्यक्रममा सम्झना चौधरी, सरिता चौधरी, रतिकला चौधरी, ममता चौधरी, रमिता चौधरी, सुरजी चौधरी, रामकुमारी चौधरी, लक्ष्मण चौधरी लगायत वडा सदस्य अशोक चौधरी, सबुत नारायण चौधरी र स्थानीयवासीहरुको समेत उपस्थिति रहेको थियो ।

भविष्यमा यसरी नै यस समुहले सहयोग गरिरहने प्रतिवाद्दता जनाउदै अध्यक्ष मनोज चौधरी र समूहका अन्य ५८ जना सदस्यहरुले आफुहरु सहयोगकालागि सधै तयार रहेको बताएका छन् । सहयोग अपिलकालागि सम्पर्क नं +९७४ ६६८८७५७९ (मनोज चौधरी-अध्यक्ष), +९७४ ४५५३९६५२३ (गुलाब चौधरी-सचिव), र +९७४ ३१५४३२९७, +९७४ ७०१९४४१२ (उपेन्द्र चौधरी-कोषाध्यक्ष) लाई सम्पर्क गर्न सकिने जनाएको छ ।

सहयोग प्रदानका बेलाका केहि झलकहरु

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen