विराटनगर, २१ मंसिर । भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ बर्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शनिबार उद्धार गर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ । घरमा भएको एक मात्र सन्तान छोरा पनि मानसिक रोगी भएका कारण राईको उपचार र पालन पोषणमा समस्या भएपछि दुवैजनालाई उद्धार गरि विराटनगरको मानव सेवा आश्रममा ल्याईएको छ ।

राईको उद्धार गर्दै राज्यमन्त्री गजमेरले स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताउनुभयो । सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरुको उद्धार तथा पुर्नस्थापनाको काममा प्रदेश सरकार लागेको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी तथा सडक आश्रितको उद्धार गर्दै आएको गजमेरले बताउनुभयो । करिव २ महिना अघि राईको स्वास्थ्यमा समस्या भएपछि स्थानीय खार्तम्छा स्वास्थ्य चौकीले स्लाइन पानी लगायत प्राथमिक उपचार गरेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen