विराटनगर, २० मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८९९ पुगेको छ ।

प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ४४, सुनसरीमा २८, मोरङमा ८, इलाममा ५, सोलुखुम्वुमा ४, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको कनकाईमा ११, विर्तामोडमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ७-७, अर्जुनधारामा ४, भद्रपुरमा ३, मेचीनगरमा २, बुद्धशान्तिमा १, सुनसरीको धरानमा १५, इटहरीमा १०, इनरुवामा २, स्थानीय तह नखुलेका १, मोरंगको सुनबर्षीमा ३, विराटनगरमा २, पथरीशनिश्चरे, रतुवामाई र उर्लाबारीमा १-१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उता इलामको इलाम नगरपालिकामा ५, सोलुखुम्वुको सोलुदुधकुण्डमा ३, थुलुङ दुधकोशीमा १, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४७ पुगेको छ ।

प्रदेश १ मा आज ४९२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९५ हजार ३३१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen