झुम्का, नविन कुमार चौधरी, मंसिर ३०
थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरीको दोश्रो प्रस्तुती लबका पुस्ता २ को सुभ साईत सोमबार रामधुनी ५ को हसनपुर स्थित रहेको रामजानकी मंदिरमा पुजा पाठ गरी आरम्भ गरिएको छ ।
एक वर्ष अगाडि संस्थाले लबका पुस्ता नामकै सर्ट मूभी निर्माण गरी यू ट्यूब च्यानल मार्फत सार्वजनिक गरेको थियो । सो मूभीमा वर्तमान अवस्थाका युवा पिढीमा देखिएका बदलावले परिवार र समाजमा देखिने चुनौतीको बारेमा चित्रण गरिएको थियो । सोही नामको फरक प्रस्तुती तथा विषय बस्तुमा आधारित रहि दोश्रो पटक सर्ट मूभी निर्माण गर्न लागिएको संघका अध्यक्ष जानकी चौधरीले बताउनुभयो ।


थारु समुदायका उदाउँदा कलाकार तथा विभिन्न कलाकारीता प्रतिस्पर्धामा अब्बल देखिएका कलाकारहरुलाई थप हौसला र मौका प्रदान गरी भाषा, संस्कार संस्कृति तथा समुदायका यथार्त गतिविधीलाई कलाकारीता तथा चलचित्रको माध्यमबाट चित्रण गर्ने उद्देश्यले आफ्नै प्रस्तुतीमा फिल्महरु निर्माण तथा छायाँकन गर्न लागिएको हो । संघले ५०० भन्दा बढी सदस्य बनाएर थारु कलाकारहरुलाई नाट्य, संगित, नृत्य तथा अभिनयमा पोख्त बनाउने कार्य गर्दै आइरहेको छ । कलाकारीता गजतलाई थारु समुदायमा नराम्रो दृष्टिकोणले हेर्दै गर्दा त्यसलाई चुनौती र अवसरको रुपमा सामना गर्दै कलाकारहरु उत्पादन गरेर ड्यौसि भैलो खेलेर जम्मा गरेको रकमलाई लगानी गरेर भएपनि कला जगतलाई प्रोत्साहन गरिरहेको बताउदै, यस संस्थालाई समुदाय तथा स्थानिय निकायको सपोर्टको जरुरत रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । ्
सर्ट मूभीको रुपमा निर्माण हुन गइरहेको लबका पुस्ता २ को आजको सुभ मुहुर्त कार्यक्रम संस्थाका पदाधिकारी, कलाकारहरु तथा स्थानिय बासीहरुको उपस्थितिमा गरिएको थियो । सो कार्यक्रमको औपचारिक कार्यक्रम संस्थाका अध्यक्ष जानकी चौधरीको सभापतित्व तथा ५ नं. वडा सदस्य सादना चौधरीको विशिष्ट आतिथ्यतामा गरिएको थियो ।


संस्थाका पदाधिकारीहरु बरिष्ट उपाध्यक्ष सुनिल चौधरी, उपाध्यक्ष ज्ञानिशा चौधरी, महा सचिव रंजित चौधरी, सचिव जनक चौधरी, कोषाध्यक्ष ललिता चौधरी, सह कोषाध्यक्ष दिनेश चौधरी सहित ११ सदसिय जिल्ला कार्य समितिले संस्थालाई व्यवस्थापन गरिरहेको छ । निर्देशक समेत रहेका सचिव जनक चौधरीले यस संस्थाको लक्ष्य कलाकार उत्पादन, उत्पादित कलाकारलाई मौका प्रदान गर्ने साथै सर्ट मूभीका साथै म्यूजिक भिडियो, तथा ठूलो चलचित्रहरु उत्पादन गर्ने रहेको बताउनुभयो ।
संघले विभिन्न साँस्कृति गित संगितको म्यूजिक भिडियोहरु निकाली सकेको र माघिको गितको अन्तिम तयारीमा रहेको ब. उपाध्यक्ष सुनिल चौधरीले जानकारी दिनुभयो । निर्माण हुन लागिएको माघि विशेष गित सुनिल चौधरीकै रचना तथा गायन रहेको बताउनुभयो । सो गित थारु उदयपुरका चर्चित गायिका अनु चौधरीले पनि स्वर दिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen