रामधुनी नगर पालिकाले तेस्रो नगर सभाबाट पारीत आ.ब. २०७६÷२०७७ को अनुमानित बजेट, नीति तथा कार्यक्रम सोमबार सार्बजनिक गरेको छ । नगर पालिकाकी उप प्रमुख सबिना चौधरीले आ.ब. २०७६÷२०७७ का लागी ५० करोड ७३ लाख रुपैयाको अनुमानित बजेट सार्बजनिक गरीन् । बजेट अन्तर्गत पुजीगत खर्च २० करोड २६ लाख ८२ हजार र चालु खर्च ३० करोड ४० लाख ६८ हजार को अनुमानित आय ब्यय सार्बजनिक गरीएको छ ।
यस अधि प्रमुख अतिथि प्रदेश सरकारको आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले सभाको उदघाटन गर्नु भयो । उहाले एकतानै बिकासको माध्यम रहेकोले सबै दलका जनप्रतिनिधि एक भई दिगो बिकासका लागी बिषेश योजना बनाउनु पर्ने कुरामा जोड दिनु भयो । मन्त्री कार्कीले रामधुनी नगर आदिबासी थारु जातीकोे बाहुल्य क्षेत्र रहेको चर्चा गर्दै यी जातीको भाषा, संस्कृति उजागरका लागि थारु संस्कृतिलाई बुझन नगर पालिकाले कार्यक्रम ल्याउन सके प्रदेश सरकारले पनी साथ दिने बताउनु भयो । सोही कार्यक्रममा प्रमुख अतिथि कार्कीले रामधुनी नगर पालिका वडा नं. ५ लाई बाल मैत्री वडा घोषणा गर्नु भयो ।
कार्यक्रममा प्रदेश सभासद सर्बध्वज साँवाले रामधुनी नया नगर पालिका रहेकोले काम गर्ने धेरै अबसर छन् , नया पहिचान के दिने र बजेट लगाउनु पर्ने कुरामा जोड दिए ।
रामधुनी नगर पालिकामा गत बर्ष लाई नै आधार मानि यस बर्ष पनी वडा गत तहमा बजेट बिनियोजन गरीएको छ । नगर पालिकामा १ देखी ९ वटा वडा रहेकोमा सबै वडा लाई स्क करोड ३७ लाख रुपैयाको बजेट बिनियोजन गरीएको छ । नगर पालिकाले भौतिक पुर्वाधार निर्माणलाई बिषेश जोड दिएको छ ।
सो कार्यक्रम रामधुनी नगर पालिकाका प्रमुख जय प्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपाने, नेकपा पाटीका रामधुनी संयोजक राम कोईराला, सेभ द अर्थका पुष्प भटराई लगायतको सहभागिता रहेको थियो ।
यसै बीच रामधुनी नगर पालिकाको बिभिन्न वडाका वडा अध्यक्षहरु संग गरीएको कुराकानीको साराशं यहा प्रस्तुत गरीएको छ ।
रामधुनी नपा ६ का वडा अध्यक्ष हेमनारायण राजधामीले वडामा एक लाख ३७ लाख रुपैया बजेट रहेको बताउदै भौतिक निर्माणका योजनालाई प्राथमिक्तामा राखेको बताए । वडा नं. ७ का केशब गौतमले भौतिक पुर्वाधारका साथै लक्ष्यित वर्ग बिकासका लागि बजेट बिनियोजन गरेको बताए ।
वडा नं. ९ का वडा अध्यक्ष घनश्याम चौधरीले वडामा समग्र बिकासका लागि बजेट रहेको बताए । भौतिक पुर्वाधारका साथै कृषि, सामाजिक, आर्थिक क्षेत्र बिकासका लागि काम गरीने जानकारी दिए ।
उहाले कृषि क्षेत्रमा बिकासका लागि सामुहिक खेतीमा बिकासका लागि भुमिगत सिचाईका लागि २५ वटा समुहलाई सिचाईका लागि बोर्डिङ बितरण गरीने बताए ।
वडा नं ८ का वडा अध्यक्ष डेगराज फुयालले ३९ वटा सुचक पुरा गरी वडालाई बाल मैत्री घोषणा गरेको जानकारी दिए । बाल श्रमिक, बाल बिबाहको अन्तय गरी सबैलाई शिक्षाका लागि बिधालय भर्ना र बाल अधिकारलाई संस्थागत गरी कार्यक्रम चलाईरहेको जानकारी दिए ।
त्यसतै बडा नं. ८ का वडा अध्यक्ष रुद्र बस्नेतले गाउ बस्तीबाट आएका योजनाहरु छनौठ गरी गत बर्ष अधुरा रहेका योजनाहरु पुरा गर्ने वडाको लक्ष्य रहेको बताए ।