सुनिल चौधरी
रामधुनी(बक्लौरी),माघ २७ । रामधुनी वडा नं. ७ बक्लौरीको तेतरीयाटोलमा पुल निर्माणकालागी “रेड बुक”मा उल्लेख भएको योजना अन्यत्रै लान खोजेको स्थानियहरुले आरोप लगाएका छन् । सुनसरी मोरंग पुल निर्माण आयोजना शाखाबाट सेउती खोला स्थित बक्लौरीको तेतरीया टोलमा पुल निर्माणकालागी आएको योजनामा धरान श्यामचौकमालान खोजेको आरोप लगाएका हुन् ।
योजना निर्माणकालागी स्वाईल टेष्टगरी सेउती खोला ब्रिज बक्लौरी गाबिस वडा नं. २ तेतरीया टोलमा योजना “रेड बुक”मा उल्लेख भै सकेको रामधुनी ७ नम्बर वडाका वडा अध्यक्ष केशव गौतमले जानकारी दिएको छ । योजना निश्चित ठाउँ तोकिसकेको अवस्थामा तोडमोडगरी बङ्गयाउन खोजे योजना शाखामा धर्ना दिने लगायत घेराउ गर्ने संघर्ष समितिका संयोजक तथा वडा अध्यक्ष गौतमले चेतावनी दिएका छन् । बिभिन्न सञ्चारमाध्यममा भ्रमितगरी बक्लौरीको योजना धरानको हो भन्नु सामाचार आईरहेको प्रति ध्यानआकर्ष भएकोे भन्दै पुनिर्माणमा दवाब दिनकालागी संघर्ष समिति गठन गरेको गौतमले जानकारी दिएको छ । स्वाईल टेष्टकालागी ‘डिजीकोन कन्ट्रक्शन ईन्जिनियरिङ्ग कन्सल्टेन्सि प्रा.लि.कुपनडोल ललितपुरका कर्मचारीहरु गत जेष्ठको अन्तिम हप्तामा पाँच दिन लगाएर स्वाईल टेष्ट गरेको यथेष्ट प्रमाणहरु गौतमले देखाउदै भने पुल शाखाका कर्मचारीहरु कसैको बहकाउमा नलाग्न अनुरोध गरेका छन् । स्वाईल टेष्ट गर्ने बेलाको फोटो,नजिकै रहेको बिधुत पोलमा चिन्ह निर्धारण गरेको र माटो परिक्षणकालागी अहिले सम्मपनि खाल्डो खनिएको प्रमाण तेतरीयाटोल स्थित रहेकै छ । धरानको बैकल्पिक मार्गको रुपमा समेत रहेको झुम्का लगुना चौक देखि ५ किलोमिटर उत्तर सेउतिखोलामा बन्ने पुल कृषि र ब्यवसायीक सडकको रुपमा स्थापित हुने पुर्व जिबिस सदस्य तथा स्थानिय गणेश प्रसाद गुरागाईले बताएका छन् । यसकालागी सबैसरोकारवालाहरुले ध्यानदिन गुरागाईले अनुरोध गरेका छन् । धरान,ईटहरी र रामधुनी जोड्ने मिलन बाटो भएकोले यसलाई तिनै स्थानिय तहहरुले रिङ्ग रोडको अवधारण समेत बन्न सक्ने महत्वपुर्ण केन्द्र बिन्दु भएको सडक रहेको रामधुनीका मेयर जय प्रकाश चौधरीले बताएका छन् । लिङ्क सडकको प्राथमीक्ताका हिसाबले हेर्दा अन्यत्र भन्दा यसैठाउँमा पुलनिर्माण हुनु उपुक्त रहेको मेयर चौधरीले दाबी गर्दै एकठाउँको योजना अर्को ठाउँमा नलगी सम्बन्धित स्थानमै निर्माण हुनुपर्ने धारणा ब्यक्त गरेका छन् । सुनसरी मोरंग पुल योजना शाखा प्रमुख कैलास शाहका अनुसार बक्लौरी गाबिस २ तेतरीया टोलमा योजना निर्माण हुने उल्ले भएको जानकारी दिएको छ । यसकालागी डिजाई भईरहेको समेत बताएका छन् । “रेड बुक”मा समावेस भए अनुसार नै बक्लौरीमा सर्भे भएको समेत शाहले बताएका छन् । सर्भे भई स्वाई टेष्ट अनुसार नक्सा डिजाई भईरहेको बताएका हुन् ।