14705819_1810779752535210_4139196370842145286_nसुनिल चौधरी झुम्का,२० मंसिर / आधुनिकमा आएर बिदेशी पहिरन बिभिन्न माध्यमबाट नेपालमा भित्रिन थालेपछि थारु समुदायको भेषमा पनि असर देखा पर्न थालेको छ । अरुको देखा सिकिले थारु संस्कार,संस्कृतीमा रहेको भाषा भेषलाई बिस्तारै बिर्सन थालेपछि असर देखा पर्न थालेको हो । संस्कार संस्कृतिनै बिर्सेर लोप हुदा पहिचान पनि मेटिने भएकोले चलचित्रकर्मिहरुले यसलाई संरक्षणकालागी चलचित्र माध्यमबाट जनचेतना फैलाउने कार्य गरीरहेको छ । यसै क्रम्मा झुम्काको म्याजिक सिनेमाहल थ्रिडि मल्टिप्लेक्समा सोमवार संस्कार संस्कृतिमा आधारीत थारु भाषाको “फेशनवाली” चलचित्रको प्रिमियम शो चलाएको छ । यस चलचित्रमा बिशेष पुर्वका थारुमहिलाहरुको लोप भईरहेको पहिर अँचराखरकीलाई प्रथक्तिमाराखी निर्माण गरीएको लेखक तथा निर्दैशक हुदुवा खवासले बताए । खवासका अनुसार अहिले युवाहरुमा बिदेशि पहिरनले छोएको छ, थारु पहिरन बिर्शदै गएको छ ,त्यसकारण थारुयुवा,अभिभावकहरुमा थारु भेषनै पहिचान हो भन्ने शन्देस दिन निर्माण भएको चलचित्र पुर्वका बिभिन्न हलमा चालाउने बताए ।
अभिभावकले जसरी आफना छोरा छोरीलाई उनीहरुको मागपुर्तिकालागी खर्च गरीरहेको हुन्छ त्यसरीनै त्यो खर्च उनिहरुले कहाँ ? किन ? गरीरहेको ध्यान नदिदा संस्कारनै बिर्शने युवाहरु समाजमा बढिरहेकोले सो बास्तविक घटना यस फिलममा रहेको अतिथी कलाकार जानकी चौधरीले बताईन । चलचित्रमा संस्कार संस्कृती संरक्षणमा आधारीत रहेकोहुदा बिशेष अभिभावक र युवाहरुले एकपटक हेर्नै पर्ने चौधरीले बताईन ।
फिल्म शुरुहुनु भन्दा पहिले निर्माता पञ्चनारायण चौधरीको सभापतित्वमा हल भित्र सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी कलाकार पुर्शराम चौधरीले उपस्थित दर्शक तथा कलाकारहरुलाई चलचित्र सम्बन्धि अनुभव सुनाउदै थारु भाषाका चलचित्र ब्यवसायी हुन नसकेको बताए । उनले ब्यवसायीक्ताकालागी फिल्ममा मौलिकक्ता दिई नेपाली भाषमापनि बनाउनु पर्ने बिचार ब्यक्त गरे । थारु संस्कार संस्कृतिमै आधारीत नेपालीभाषामा निर्माणगरी मेचि देखि महाकाली सम्म प्रदर्शनमा ल्याए अनिमात्रै ब्यवसायीक हुने बताए । चौधरी एक दर्ज भन्दा बढि थारुभाषाको चलचित्र निर्माण गरीसकेका छन् भने नेपाली चलचित्रहरुमा पनि अभिनय गरेका छन् ।
त्यसैगरी कार्यक्रममा थारु पत्रकार संघ जिल्लाकार्य समिति सुनसरीका अध्यक्ष कुलदिप चौधरीले आफना कलाप्रस्तुतगरी दर्शकलाई हसाँएका थिए । उनले उपस्थित कलाकारहरुलाई कालाकारयात्रालाई गत्तिदिनकालागी सुझाव दिए । त्यसैगरी सो फिल्मका नायीका सनम चौधरी र बक्लौरी जनसेवा युवा क्लवका समुहले प्रत्यक्ष नृत्यगरी दर्शकलाई थप मनोरञ्जन गराएका थिए । नायक बलराम चौधरी,सह नायीका सञ्जु चौधरी,संगीता चौधरी,हास्यकालाकार ढल्लु चौधरीको उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालन रेडियो रामधुनीका सुनिल चौधरीले गरेको कार्यक्रम संयोजक तथा फिल्मका सल्लाहकार जानकी चौधरीले बताईन । फेशनवालि फिल्म मंगलवारबाट झुम्काको म्याजिक सिनेमाहल थ्रिडि मल्टिप्लेक्समा १२ बजेको शोमा चल्लने जनाएको छ ।

 15319422_1864616707090585_1825360514_n15320402_1864617067090549_589660965_n

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen