सुनसरीको रामधुनीमा गत असोज २९ गते देखि आरम्भ       १४औं सुनसरी च्याम्पियन नकाउट फुटबल प्रतियोगिता २०७९ सम्पन्न भएको छ l राष्ट्रको लागि खेलकुद, स्वास्थको लागि खेलकुद भन्ने मुख्य नारा आत्मसात गर्दै विगत १४ बर्ष देखि जनचेतना युवा क्लव, कुम्याही सुनसरीले उक्त खेलको आयोजा गर्दै आएको छ l

खेलको सुरुवात देखि नै विजय हुदै आएका झुम्का एफसि क्लव, रामधुनीले राजाबास फुटबल क्लबलाइ २-० गोलको अन्तरले हराउदै विजेता भएको हो l खेलको पहिलो हाफमा एक र दोश्रो हाफमा एक गोल गर्दै झुम्का एफसी क्लव राजाबास एफसी क्लवलाइ पछी पारेको हो l सुनसरीका विभिन्न ८ ओटा फुटबल क्लब उक्त खेलमा सहभागी थिए l

 

१४औं सुनसरी च्याम्पियन नकाउट फुटबल प्रतियोगिताका विजेता झुम्का एफसीले नगद पैतिस हजार रुपैया सहित मेडल, ट्रफी, प्रमाणपत्र त्यसैगरी दोश्रो राजाबास एफसीले नगद पच्चीस हजार सहित मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका थिए l

 

खेलको अन्तिम दिन अर्थात् कार्तिक ५ गते शनिबार विशेष कार्यक्रम गरी खेल सम्पन्न भएको थियो l रामधुनीका मेयर शंकरलाल चौधरी को प्रमुख अतिथ्यता रहेको उक्त कार्यक्रममा उपमेयर तारा थापालाइ विशिष्ट अतिथिको रुपमा निम्त्याइएको थियो भने अन्य विभिन्न संघसस्था बाट समेत अतिथि रहेकोथियो l

आयोजक जनचेतना युवा क्लव, कुम्याहीका अध्यक्ष राजकुमार चौधरी र १४औं सुनसरी च्याम्पियन नकाउट फुटबल प्रतियोगिताका संयोजक पदम कुमार चौधरीले आगामी दिनमा समेत यसरि नै युवा खेलाडीहरुलाई खेल प्रति प्रोत्साहन गर्ने जनाएका छन् l

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen