रामधुनी नगरपालिका वडा नं २ कुम्याही खेलमैदानमा जारी १४ औं सुनसरी च्याम्पियन नकाउट फुटबल प्रतियोगिताको चौथो दिन मंगलबारको खेलमा मितेरी युवा क्लव, इनरुवा र बक्लौरी युवा क्लव, रामधुनी बीच प्रतिस्प्रधात्मक खेल भएको थियो l उक्त खेलको निर्धारित समयमा दुवै क्लवले १-१ गोल गरेको थियो l
खेलको नियमानुसार दुवै समूह बाट ५-५ जना खेलाडी ट्राइब्रेकर खेल खेलेका थिए जस अन्तर्गत दुवै समूह ले बराबरी ४-४ गोल गरि खेल पुनः ड्र मा प्रवेश गरेको थियो l पुनः दुवै समूह बाट १-१ जना ट्राइ ब्रेकर खेल खेलाउदा बक्लौरी युवा क्लब १ गोल गर्दै विजयी हासिल गरेको थियो l सो खेल मा मितेरी युवा क्लव इनरुवाका खेलाडी विजय उराउ म्यान अफ द म्याच घोसित भएका थिए l प्रोत्साहन पुरुस्कार स्वरूप विजय उराउ लाइ शंकर आधारभूत विद्यालयका पुर्व प्रधानाध्यापक नाथुराम चौधरीले रु.५०५/- प्रदान गरेका थिए l
त्यसै गरी बुधबार सम्पन्न भएको खेलको पाचौं दिन भोटेको एक्का फुटबल क्लव, लाविपुर र झुम्का फुटबल क्लव विच सम्पन्न भएको थियो l जस अन्तर्गत बुधबारको खेलमा निर्धारित समय अवधिमा दुवै टिमले २-२ गोल गरि खेल बराबरीमा टुंगिएको कारण खेल ट्राइ ब्रेकरमा धकेलिए पश्चात दुवै टिमका ५-५ जना खेलाडीले ट्राइ ब्रेकरमा सहभागी भएका थिए l पुनः दोश्रो पटक दुवै टिम बाट ३-३ गोल भइ ड्र हुदा थप १-१ जना खेलाडीले ट्राइब्रेकर खेल खेलेका थिए l उक्त खेलमा भने भोटको एक्काले शुन्य र झुम्का फुटबल क्लवए एक गोल गरी खेल टुंगिएको थियो l
उत्कृस्ट खेल प्रदर्शन गर्न सफल झुम्का फुटबल क्लवका खेलाडी कृष्ण थापा म्यान अफ द म्याच घोषित हुदै प्रोत्साहन स्वरूप पाँच सय ५ रुपैया प्राप्त गरेका थिए l उक्त पुरुस्कार रामधुनी मावि का पुर्व प्रधानाध्यापक पुरण लाल चौधरीले प्रादान गरेका थिए l
आज विहिबार समूह ‘ख’ का बिजेता टिम राजाबास फुटबल क्लव र बक्लौरी युवा क्लव विच खेल जारी रहेको खेल समितिका संयोजक पदम कुमार चौधरीले जानकारी दिएका छन् l खेलप्रेमीहरुकालागि जनचेतना युवा क्लवले आफ्नो फेसबुक पेज बाट प्रत्यक्ष प्रशारण भइरहेको समेत आयोजक समितिले जानकारी दिएका छन् l