फ्रेन्ड्स इन्टरटेनमेन्ट युट्यूब च्यानलले दर्शकहरु माझ ‘सुखराइत ल्याके एलै’ बोलको थारु म्युजिक भिडियो सार्वजनिक गरेको छ । यसपटक यहि कार्तिक ८ गते पर्ने तिहार पर्व लक्षित गर्दै दर्शक नचाउन तथा मनोरंजनका लागि उक्त गीत रिलिज गरिएको जनाइएको छ ।

परम्परा र संस्कृति झल्काउनुका साथै थारु कला र संस्कृतिलाइ जगेर्ना का निम्ति यस्तो परम्परागत गीत दर्शक सामु ल्यानु गौरव महसुस भएको रचनाकार तथा गायिका अन्जली चौधरी बताउछिन् । गीत संगीत मार्फत समाजमा हिजो, आज र भोलिको अवस्था समेत राम्रो तरिकाले दर्शाउन सकिने र राम्रो संदेश प्रवाह गर्न सहयोग पुग्ने कलाकार विनोद चौधरीले बताए l गायन क्षेत्रमा नव उदाउदा गायक हेमन्त चौधरीले यस गीतमा स्वर दिएका छन् ।

गीत मेगा डिजिटल रेकरडिंग स्टुडियो झुम्कामा एरेन्ज तथा मास्टरिंग गरिएको थियो भने सावन र रविन चौधरीले छयांकन स्थानीय इटहरी-१५ झोरापटा गाउमा गरेका हुन् । आश चौधरीको निर्देश रहेको उक्त गीतमा विनोद चौधरी, नविन लेखि, सनम चौधरी, आरती धामी लगायत अन्य स्थानीय कलाकारहरुले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen