युवा शक्तिले मात्र देशमा परिवर्तन ल्याउन सकिने र दशकौं देखि राजनीतिक वहानामा देशमा लुटतन्त्रको अखडा सम्हालेका कुनै पनि राजनीतिक दल वा पार्टीबाट देश र जनताको विकाश असम्भव रहेको भन्दै सप्तरीको क्षेत्र नं 1 बाट विद्यानन्द लेखीले स्वतन्त्र उम्मेदवारी दिएका छन् l सधै समाजसेवामा तल्लिन युवा नेता विद्यानन्द लेखि यस क्षेत्रमा आफ्नो स्वतन्त्र उम्मेदवारीले युवाहरु उत्साहित रहेको र आफ्नो विजयी सुनिस्चित रहेको बताउछन l
देशमै रहेका उर्जावान युवाशक्ति विदेशिदा देश झन् गरिवीको रेखामुनी दिनानुदिन पर्दै गएकोले आफ्नो विजयी पश्चात ति युवा शक्तिलाई स्वदेशमै सदुपयोग गर्ने र समुन्नत मुलुक बनाउने आफ्नो चाहना रहेको लेखि बताउछन l
उनले आफ्नो क्षेत्रको विकाश संगै कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकाश र सम्रिद्दीको लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताएका छन् l