२० भाद्र २०७९ | झुम्का
थारु समुदायमा धुमधामका साथ मनाइने पर्व मध्ये ‘जितिया पर्व’ एक हो । यसपाली विश्वोकर्मा बाबा पूजा को दोश्रो दिन असोज २ गते जितिया पर्व परेको पंचांगमा उल्लेख छ । थारु महिला दिदीबहिनी आफ्ना घर परिवार अर्थात् बालबच्चाहरुको उज्वल भविष्य, सकुशल, वीर, चिरन्जीवी तथा सुस्वास्थ्य को कामनाना गर्दै नियम पुर्वक यो पर्व मनाउने चलन छ ।
यो पर्व नेपाल अधिराज्यभरका थारुहरुले मनाउने गर्दछन् । ठाउँ-ठाउँ अनुसार बिभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी सामुहिक रुपमा पनि यो पर्व मनाउने चलन छ । हाल थारु समुदायले स्टेज प्रोग्रामको आयोजना गरी गीतसंगीत प्रस्तुत तथा नाचगान गर्ने गर्दछन् । आफ्ना संस्कृतिलाई झल्काउने खालका पहिरनमा सजिएर थारु महिला दिदीबहिनी ससुराली घर बाट माइत जाने चलन रहेको छ ।
यसै पर्वलाइ लक्षित गरी सुनसरी, झुम्का बाट ‘एलई जितिया’ भन्ने बोलको गीत सार्वजनिक गरिएको छ । मेगा डिजिटल रेकर्डिङ्ग स्टुडियो ले उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो । पूर्वकी चर्चित गायिका गीता चौधरीको स्वर मा सजिएको उक्त गीतले अहिले बिभिन्न सामाजिक संजाल तथा युट्युबमा समेत राम्रो रेस्पोन्स पाइरहेको छ । दिपिका र सुनिता चौधरीको मुख्य भूमिका रहेको उक्त गीत संचारकर्मी सरोज कुमार चौधरीको संगीत तथा रचना रहेको छ । ट्विन्स एक्सप्रेस एसि डिलक्स द्वारा प्रायोजित उक्त गीतको म्युजिक भिडियोमा बिशाल चौधरीले निर्देशन गरेका छन् ।