बाराका विभिन्न मतदान केन्द्रमा झडप भएको छ । झडपपछि मतदान प्रक्रिया रोकिएको प्रहरीले जनाएको छ । देवताल गाउँपालिका–७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको बारा प्रहरीले जनाएको छ । झडपका क्रममा १ जनाको टाउको फुटेको बारा प्रहरी प्रमुख एसपी दिलीपसिंह देउवाले जानकारी दिए ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको एसपी देउवाले बताए । त्यस्तै सिम्रौनगढ नगरपालिका–२ बैरियामा पनि झडप भएको छ । दुई पक्षबीच झडप भएपछि अहिले मतदान प्रक्रिया रोकिएको एसपी देउवाले बताए ।

‘विभिन्न ठाउँमा झडपका घटना भइरहेका छन् । हामी त्यहाँ जादैछौं । कति ठाउँमा भयो भन्ने अहिलेसम्म यकिन भएको छैन्,’ एसपी देउवाले भने । सीमावर्ती क्षेत्रमा रहेका यी मतदान केन्द्र सुरक्षा दृष्टिकोणले अति सम्वेदनशिल केन्द्र हुन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen