काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनअन्तर्गत देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको जनाएको छ । दल र उम्मेदवारहरूबीचको विवाद, झडप र अन्य कारणले समेत गरी शुक्रबार अपरान्हसम्ममा देशभर ५३ वटा केन्द्रमा मतदान अवरुद्ध भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार ताप्लेजुङ्गको आठराई त्रिवेणी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी, दोलखाको तामाकोशी, मेलुङ र बैतेश्वरका एक–एक वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको थियो ।

त्यस्तै, सिन्धुलीको कमलामाई, दुधौली, तिनपाटन, हरिहरपुरगढी, धनुषाको मिथिला, महोत्तरीको भँगाहा, सर्लाहीको चक्रभट्टा र हरिभवन, नुवाकोटको पञ्चकन्या, काठमाडौंको शंखरापुर, काभ्रेको रोशी, मकवानपुरको मकवानपुरगढी, रौतहटको ईशनाथ, बाराको सुवर्ण, आदर्श कोटवाल, कोल्हवी र जीतपुरसिमरा तथा दाङको घोराहीका एक–एक वटा केन्द्रमा मतदान रोकिएको छ ।

त्यस्तै कालिकोटको सान्नी त्रिवेणी, हुम्लाको चंखेली, दैलेखको आठबीसकोट, बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकार्त्तिक, अछामको ढकारी र पञ्चदेवल, पर्साको जिराभवानी, चितवनको खैरहनी र भरतपुर, रोल्पाको लुङ्गी तथा कैलालीको टिकापुर र बर्दगोरियाका एक–एक वटा मतदान केन्द्रहरूमा मतदान प्रभावित भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ वटा मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen