रामधुनी नगरपालिका वडा नम्बर ८ का स्वतन्त्र वडाध्यक्ष पदका उम्मेदबार गणेश बहादुर पौडेल आज विहान मृत भेटिएको छ । आफ्नै घरको पुर्व पट्टि छेउमा रहेको आपको रुखमा संकास्पद तरिकाले झुन्डिएको अवस्थामा फेला परेको हो ।
गत बैशाख २१ गते बुधबार उनि सम्पर्क विहिन भएका थिए l दिउसो साढे २ बजे देखि सम्पर्क विहिन पौडेलको मोटरसाइकल भने इनरुवाको सिद्दार्थ बैंक अगाडी भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजि कार्य तीव्र पारेपछि भोलि पल्ट उनी सम्पर्कमा आएका थिए । त्यस्पचात उनलाइ सोधपुछका लागि जिप्रका सुनसरीले बारम्बार डाकेको थियो । केहि दिन देखि निकै तनावमा देखिएका पौडेल अन्ततः आत्महत्याको बाटो किन रोजेको भन्ने प्रश्न सबैको मनमा उठ्नु स्वाभाविक नै हो । घटना स्थलमा अहिले ठुलो भिड देखिएको छ । स्थानीय र उनि निकट व्यक्तिहरुले झुन्डिएको अवस्थामा रहेको पौडेलको शव डीएसपी नआउन्जेलसम्म कसैले पनि छुन नमिल्ने बताएका छन् ।
आसन्न बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा आफ्नो जित निश्चित रहेको भन्ने पौडेल निर्वाचन आउन मात्र ६ दिन रहदा उनको आत्महत्याले सुनसरी निर्वाचन आयोगलाइ फरक ढंगले सोच्न बाध्य बनाएको छ ।l उता प्रहरी प्रशासनले भने फितलो सुरक्षा निती अपनाएको भन्ने देखिन्छ l यस घटना प्रति सत्यतथ्य जानकारी बाहिर ल्याउन जिप्रका सुनसरीले अनुसन्धान जारी राखेको जनाएको छ ।