रामधुनी नगरपालिका वडा नम्बर ८ का स्वतन्त्र वडाध्यक्ष पदका उम्मेदबार गणेश बहादुर पौडेल आज विहान मृत भेटिएको छ l आफ्नै घरको पुर्व पट्टि छेउमा रहेको आपको रुखमा संकास्पद तरिकाले झुन्डिएको अवस्थामा फेला परेको हो l
गत बुधबार उनी केहि काम बिशेषले इनरुवा गएको र घर न फर्केपछि परिवारले अपहरण भएको भनि जिल्ला प्रहरी सुनसरीमा खोजीका लागि निवेदन दिएका थिए l यो घटनालाइ जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख संजय सिंह थापाले पौडेल आफूखुसी आत्महत्या गरेको हुनसक्ने दावी गरेको गरे l
मृतककी श्रीमती विमला पौडेलको अनुसार श्रीमानले स्वतन्त्र उम्मेदवारी दिए देखि बारम्बार उम्मेदवारी फिर्ता लिन धम्कि आउने गरेको र त्यसैको कारण यो घटना घटेको बताइन् l
नेपाली कांग्रेसबाट सोहि वडामा वडाध्यक्ष पदका उम्मेदवार अनिश कार्की निकट रहेका विनोद भुजेलले बारम्बार उम्मेदवारी फिर्ता लिन धम्कि दिदै आएको परिवारले जनाएको छ l इनरुवा स्थित मेगा बैंकमा सेक्युरिटी गार्डको काम गर्ने भुजेल बागी उम्मेदबार पौडेललाइ चुनाव छाड, उम्मेदवारी फिर्ता लि नत्र जे पनि हुन सक्छ भनेर धम्कि दिने गरेको परिवारका सदस्यहरुको भनाइ छ l
लेमन होटेल इनरुवामा आउने भारतीय समूहहरु संग भुजेलको नजिकबाट साठगाठ रहेको र उनै समुहलाई प्रयोग गरि पौडेललाइ अपहरण गरि बैशाख २१ गते भारत लगी एक रात राखी भोलि पल्ट छाडिएको मृतकका परिवारले बताए l
बैशाख २२ गते अपहरित पौडेल भारतबाट फिर्ता आएपछि दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीले उनलाई झुम्का बाट सोधपुछ तथा बयानका लागि लगेको थियो l प्रहरीले बयानमा के सोधे र पौडेलले के जवाफ दिए भन्ने परिवार श्रोतलाइ कुनै जानकारी गराइएन श्रीमती विमला पौडेलले बताइन् l बयान दिएर आएपछी पौडेलले अब यो ठाउमा बस्न नसकिने भइयो भनेर परिवारमा कुरा गरेका थिए l तनावमा देखिएको उनी भुजेललगायतको नाम लिएको परिवारले जनाएको छ l
सुनसरी प्रहरी प्रमुख थापाका अनुसार परिवारकै उजुरीका अधारमा पौडेललाइ सोधपुछ गरि छाडिएको हो l अरु केहि भएको छैन’ उनले भने l
यो घटना उक्त होटेलमा आउने भारतीय समूह संग मिलेर भुजेल र वडाध्यक्षका उम्मेदवार अनिश कार्कीका केटाहरु मिलेर अपहरण गरेको परिवारको दावी छ l न्याय दिलाउने प्रहरी प्रशाशन र कांग्रेस नेताहरुको मिलोमतोमा घटनालाइ ढाकछोप गर्न खोजिएको परिवार श्रोतको दावी छ l