रामधुनी नगरपालिका वडा नम्बर ८ बाट स्वतन्त्र वडाध्यक्ष पदका उम्मेदबार गणेश बहादुर पौडेल सम्पर्क विहिन भएका छन् । बैशाख २१ गते बुधबार देखि उनि सम्पर्क विहिन भएका हुन् । दिउसो साढे २ बजे देखि सम्पर्क विहिन पौडेलको मोटरसाइकल भने इनरुवाको सिद्दार्थ बैंक अगाडी भेटिएको छ ।
चार दशक बढी समय नेपाली कांग्रेस पार्टीको सक्रिय सदस्य समेत रहेका पौडेल आफ्नो पार्टीबाट टिकट नपाएपछी (बागी) स्वतन्त्र उम्मेदबारी दिएका हुन् । अहिलेको अवस्थामा निर्वाचन नजिकिदै गर्दा विभिन्न दलबाट उम्मेदवारी दिएका उम्मेदबारहरुलाइ यो घटनाले ध्यानाकर्षण गराएको छ ।
पौडेलको खोजीकालागि जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा निवेदन दर्ता गरिएको छ । उनको खोजि कार्य तीव्र रुपमा भइरहेको डीएसपी नरेन्द्र कुमार कार्कीले जानकरी दिनुभयो ।