नगेन्द्र धिमाल | २५ कार्तिक, झुम्का
प्रदेश १ सुनसरी जिल्ला , रामधुनी नगरपालिका वडा नम्बर ४ मा रहेको नेपाल सितोरियो कराते शाखा डोजोमा नेपाल करातेका पिता थानेस्वर राईको सम्मान एवम स्वागत कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष, कराते शाखा डोजो अध्यक्ष, बुद्धिजिवि र समाजसेवीले भब्यताका साथ स्वागत गरेका हुन । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष मनेश कुमार चौधरी, कराते शाखा डोजो अध्यक्ष रामधुनी नगरपालिका वडा ४ का हरि राउत, समाजसेवी गोपाल पराजुली, गोबिन्द काफ्ले, अमन ढुङ्गेल साथै स्थानियको तमाम उपस्तिथि रहेको थियो।
सितोरियो करातेबाट नेपालका प्रतिस्पर्धीले बिश्वमानै कीर्तिमान र धेरै पदक हात पारेको कुरा पनि व्यक्त गर्नुभयो। रामधुनी नगरपालिकामा बसोबास गर्ने बालबालिको उज्ज्वल भबिस्यलाइ मध्यनजर गर्दै उहाले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उहाले कराते आत्मरक्षाका रुपमा मात्र नभएर भबिस्यमा यसको माध्यमबाट पहिचान बनाउन सकिने कुरा पनि उल्लेख गर्नुभयो।