कार्तिक २५, झुम्का
१३औं सुनसरी च्याम्पियनसीप नकाउट फुटबल प्रतियोगिता २०७८ को चौथो दिन हिजो सम्पन्न खेलमा आयोजक टिम जन चेतना युवा क्लब पराजित भएको छ l सहभागी प्रतिद्वन्दी टिम लबिपुर फुटबल क्लब इटहरीले ३-० गोल लगाउदै आयोजक टिमलाइ पराजित गरेको हो l विजय टिमका खेलाडी अभिषेक कालिकोटेले २ गोल गरेका थिए भने योगेन कार्कीले १ गोल थपेका थिए l
खेलको सुरुवात देखि नै राम्रो प्रदर्शन गर्दै आएका लबिपुर फुटबल क्लबले आफुलाई अन्तयमा बिजेता साबित गरेको थियो l उत्कृष्ट खेल प्रदर्शन गर्दै २ गोल गर्न सफल लबिपुरका खेलाडी अभिषेक कालिकोटे म्यान अफ द म्याच घोषित भए l
समूह ‘क’ बाट सयपत्री युवा क्लब र नव सुनगाभा क्लब यस अघिनै सेमी फाइनल पुगिसकेका छन् भने पैठान युवा क्लब इटहरी र लबिपुर फुटबल क्लब, इटहरी सेमी फाइनलमा प्रवेश गरेका छन् l आज समूह ‘क’ बाट सेमी फाइनल खेल दिउसो ३ बजे सयपत्री युवा क्लब र नव सुनगाभा क्लब बीच हुदैछ l