१३ औं सुनसरी च्याम्पियन नकाउट फुटबल प्रतियोगितामा नव सुनगाभा क्लब, चक्रघट्टी विजय भएको छ l सहभागी टिम द रिमिक्स अफ ब्योइज, हसनपुर र नव सुनगाभा क्लब, चक्रघट्टी बीच भएको खेलमा निर्धारित समयभित्र दुवै पक्षले गोल गर्न नसक्दा नियमानुसार खेल ट्राइब्रेकरमा पुगेको थियो l नव सुनगाभाका खेलाडीहरु अनिश लिम्बु, बुद्ध तामांग, सुशन राई र जीवन धामीले ४ गोल गरेका थिए भने द रिमिक्स अफ ब्योइज समूहका खेलाडीहरु मनिष सरदार, सनम राई र सुजन चौधरीले ३ गोल्ल फर्काएका थिए l
नव सुनगाभा क्लब चक्रघट्टीका गोल रक्षक रिदम राई उत्कृस्ट खेल प्रदर्शन गरे बापत हिजो सम्पन्न खेलमा पुरानलाल चौधरीले उनलाई नै म्यान अफ द म्याच घोषित गर्नुभएको थियो l
आज कार्तिक २५ गते दिउसो ३ बजे हुने खेलमा लविपुर फुटबल क्लब, इटहरी र आयोजक टिम जन चेतना युवा क्लब, रामधुनी-२, कुम्याही बीच प्रतिस्पर्धा हुने छ l
कार्तिक २२ गते देखि २९ गतेसम्म चल्ने उक्त खेल प्रतियोगितामा बिजेताले नगद रु.३५,०००/- त्यसैगरी उप-बिजेताले नगद रु.२५,०००/- सहित ट्रफी तथा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ l