रामधुनीमा जारी १३औं सुनसरी च्याम्पीयनसीप नकाउट फुटबल प्रतियोगिता २०७८ को दोश्रो दिन मंगलबार पैठान युवा क्लब, इटहरी-१७ ले पंचायन युवा क्लब लाइ पराजित गरेको छ l
खेलको प्रारम्भ देखि नै दुवै टिमले राम्रो प्रदर्शन गरेको थियो l खेलको पहिलो हाफमा पैठान युवा क्लब इटहरी-१७ का जर्सी नं ४ का खेलाडी अस्तिक चौधरीले पहिलो गोल गरेका थिए l खेलको अन्तिम समयमा चौधरीले गरेको उक्त गोल नै दोश्रो दिनको प्रतियोगितामा पैठानलाइ विजय गराएको थियो l हिजो सम्पन्न खेलमा एक गोल गर्न सफल खेलाडी चौधरी म्यान अफ दि म्याच घोषित भएका थिए l
आज हुने खेलमा नव युवा क्लब चक्रघट्टी र द रिमिक्स अफ ब्वाइज, हसनपुर बीच दिउसो ३ बजे हुने आयोजक जनचेतना युवा क्लबले जनाएको छ l