रामधुनीमा जारी १३औं सुनसरी च्याम्पीयनसीप नकाउट फुटबल प्रतियोगिता २०७८ को प्रारम्भिक दुई फुटबल टिम रामधुनी युवा क्लब झुम्का र सयपत्री युवा क्लब कालाबंजर बीच हिजो सोमबार खेल सम्पन्न भएको छ l उक्त दुइ समूह बीच भएको खेलमा सयपत्री युवा क्लबले जित हात परेको छ l रामधुनी युवा क्लबलाइ १२-११ गोल अन्तरले बिजेता समुहले हराएको हो l
रामधुनी-२, कुम्याहीमा जारी उक्त प्रतियोगितामा आज कार्तिक २३ गते मंगलबार दिउसो ३ बजे बक्लौरी फुटबल क्लब र पैठान युवा क्लब, इटहरी-१७ बीच हुने आयोजक जनचेतना युवा क्लब, कुम्याहीले जनाएको छ l प्रतियोगितामा क र ख समूह गरी जम्मा ८ ओटा खेल प्रतियोगी रहेको छ l
हिजो भएको उद्घाटन सत्रमा प्रमुख अतिथि रामधुनी नगरपालिका की उप-मेयर सबिना कुमारी चौधरीले शुभकामना दिदै खेल प्रारम्भ भएको थियो भने विशिष्ठ अतिथि रामधुनी-५ र ९ का वडाध्यक्ष डेगराज फुयाल र घनश्याम चौधरीले खेलको महत्व र उपलब्धिका बारेमा स्पष्ट पारेका थिए l
कार्तिक २२ गते देखि २९ गतेसम्म चल्ने उक्त खेल प्रतियोगितामा बिजेताले नगद रु.३५,०००/- त्यसैगरी उप-बिजेताले नगद रु.२५,०००/- सहित ट्रफी तथा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ l