नगेन्द्र धिमाल, रेडियो रामधुनी
अशोज १६ शनिबार, झुम्प्रका | प्रदेश १ को सुनसरी जिल्ला रामधुनी नगरपालिका, झुम्का भादगाउँ सिनुवारी बहुमुखी क्यामपसमा हिजो (शनिबार) स्रोत विद्यालय विद्यार्थीहरुसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमा सिनुवारी बहुमुखी क्याम्पस प्रमुख श्री गोबिन्द प्रसाद निरौला , सहायक क्याम्पस प्रमुख श्री श्याम कुमार चौधरी, सुधिर चौधरी, साजन चौधरी, जनक कोइराला, निरन्जन चौधरी, गुबेश्वर साह, सीता गेलाल, भगत लाल चौधरी, लोकेन्द्र सुवेदी, इन्द्र नारायण चौधरी, सुमन निरौला, सुरत लाल मोची लगाएत अन्य विषय शिक्षको उपस्थित रहेको थियो ।विशेष गरि कक्षा १२ को परीक्षा दिएर परिक्षाफलको पर्खाइमा बसेका विद्यार्थीहरुलाइ मध्यनजर गर्दै यस कार्यक्रम संचालन गरिएको विद्यालय प्राध्यापक श्री गोबिन्द प्रसाद निरौलाले बताउनु भयो । उक्त कार्यक्रममा श्री जनता माबी हाटखोला सिगिया ३ , चन्द्र कमल मा बि वडा ९ डुम्राह र रामधुनि मा बि लालपुर ४ का विद्यार्थीहरुको तमाम सहभागिता रहेको थियो । लगभग १०० भन्दा बढी विद्यार्थीको उपस्तिथिमा उक्त कार्यक्रमलाइ सन्चालन गरिएको थियो। अभिमुखिकरण कार्यक्रममा विद्यार्थीले अब कक्षा १२ पछि कसरी पढने? र कुन बिषय लिएर पढने ? भन्ने जिज्ञासा् तथा गुनासालाइ निराकरण गरिएको छ।
विशेष गरि कक्षा १२ को परीक्षा दिएर परिक्षाफलको पर्खाइमा बसेका विद्यार्थीहरुलाइ मध्यनजर गर्दै यस कार्यक्रम संचालन गरिएको विद्यालय प्राध्यापक श्री गोबिन्द प्रसाद निरौलाले बताउनु भयो । उदाहरणका रुपमा विद्यालय व्यबस्थापन अध्यक्षले धेरै प्रेरणादायी प्रसङ्गको प्रस्तुती दिनुभयो । आज सम्म अध्ययन गर्दै भएका विद्यार्थीले राम्रो प्राप्ताङ्कद्वारा नतिजा प्राप्त गर्न सफल भएको कुरा पनि अभिमुखिकरण कार्यक्रमका संयोजकले बताउनु भयो । आफनो भबिस्यका सपना र सफल यात्राको क्रममा थुप्रै उतारचढावहरु आउछन ,तर पनि एउटा पहाड जस्तै अटल भएर निरन्तर अगाडि बढ्दा सिखरमा पुग्ने पनि उहाले बताउनु भयो । समय सापेक्ष अध्ययन अध्यापनलाइ निरन्तरता दिई बाहाना होइन चाहानालाइ अगाडि बढाउने पनि प्रध्यानध्यापकले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भबिस्यमा यस विद्यालयलाइ अन्तरास्ट्रिय स्तरसम्मको प्रतिस्पर्धी विद्यालय बनाउन स्थानिय विद्यार्थीको महत्त्वपूर्ण भुमिका रहने उपस्थित शिक्षकहरुले बताउनुभयो । रामधुनी नगरपालिका स्तरिय विद्यालय मात्र नभएर अन्यत्र बाट विद्यार्थीलाई अध्यापन गर्न आउने वातावरणको विद्यालयको रुपमा खडा गर्ने सह-प्रध्यापकले बताउनु भयो ।
स्रोत बिधालय विद्यार्थीहरुसग अभिमुखिकरण कार्यक्रममा बिषय शिक्षकले डेमो कक्षालाई पनि सन्चालन गरि थप प्रकाश पार्नुभएको थियो। बिषयबस्तु र पढाइ हुने क्रममा कसरि अगाडी बढ्न सकिन्छ? भन्ने कुरालाइ पनि पोख्त पार्दै आफ्नो धारणा अङ्ग्रेजी भाषाका शिक्षक साजन चौधरिले प्रस्तुत गर्नुभएको थियो। स्थानिय विद्यालयलाइ सम्बर्द्धन र जगेर्ना गर्दै विद्यार्थीले पढाइलाइ निरन्तरता दिएमा पुर्वान्चलमा नै आफ्नो छवि र अस्तित्वलाई राख्न सफल हुने कुरा उहाले प्रस्ट पार्नुभयो।