विराटनगर १७ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना संक्रमण देखिएको छ । ८५५ जनाको पीसीआर परीक्षण गर्दा १४८ र १८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६९, मोरङमा ४६, सुनसरीमा २०, इलाममा ५, उदयपुरमा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १५, मेचीनगर र बुद्धशान्तिमा १०-१०, भद्रपुरमा ७, अर्जुनधारा र दमकमा ६-६, कनकाईमा ५, कमल गाउँपालिकामा ४, हल्दिबारीमा ३, गौरादह, कचनकवल र झापा गाउँपालिकामा १-१, मोरङको विराटनगरमा ३३, रतुवामाई र सुन्दरहरैचामा ४-४, रंगेलीमा २, बुढीगंगा, उर्लाबारी र मिक्लाजुङमा १-१, सुनसरीको इटहरीमा ११, धरानमा ३, गढी र इनरुवामा २-२, बराहक्षेत्र र दुहवीमा १-१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र मांसेबुङमा १-१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलकामा १-१, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६५ महिला र १५५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen