असोज ३ २०७८, झुम्का | गत भाद्र २९ गते रास्ट्रिय बाल दिवसको अवसरमा रामधुनी नगरपालिकाले बालमैत्री सूचक नारा सहित बालमैत्री नगर घोषणा गरेको थियो l बालमैत्री नगर घोषणा गरेको हप्ता दिन नबित्दै रामधुनी तित्रिवनको मूल सडक खण्डमा बालकहरु जिविकोपर्जनका लागि सडक वरिपरि रहेका विभिन्न किसिमका प्लास्टिकका बोतल लगायत कवाडीका सामानहरु जम्मा गर्दै बोरामा हालेर अफोना सवारी साधन रिक्सामा लोड गरेर केहि क्षण गफगाफ र विश्राम पछी आफ्नो गन्तव्य तिर लागेको अवस्था छ l ती बालकहरुलाई बालमैत्री नगर घोषणा भएको बारेमा सोधपुछ गर्दा केहि जवाफ नदिएको र आफ्नो गन्तव्य तिर लागेको सम्वाददाता आरएन असिमले जनाउनु भएको छ l
बाल अधिकारको आवाज उठाउदै ओकालत गर्ने नगरका कर्मचारी, जनप्रतिनिधि, बाल संजाल र बाल क्लबहरु अहिले कहाँ छन्? यो प्रश्नको बिषय बनेका छ l यसरी हालै बालश्रम र बालबिबाह मुक्त नगर घोषणाकालागि प्रदेश सरकार तथा स्थानीय सरकारको लाखौं रकम खर्चिएको प्रति कुनै पनि उपलब्धि नभएको प्रष्ट देखिन आउछ l बालमैत्री रामधुनी नगरपालीका घोषणा भएको ५ दिनमै बालकहरु सडकको पेटीमा कवाडी प्लास्टिकको बट्टा बटुलेको देख्दा अझ आउने दिनहरुमा के होलान भन्ने अड्कल गर्न खासै गार्हो नपर्ला l