हरेक बर्ष केन्द्रिय कार्यालय काठमाडौमा मनाउदै गरिएको प्रभुनारायण स्मृति दिवस यस पटक सुनसरीको झुम्कामा सम्पन्न भएको छ l कम्युनिस्ट आन्दोलनका पुर्वका प्रमुख नेता प्रभुनारायण चौधरीको जन्म आज भन्दा करिब ७९ बर्ष अगाडी रामधुनी-६ (साबिक सुनसरीको जमुवा, पकली पंचायत, गाबिस) मा जन्म भएको थियो l
थारु कल्याणकारिणी सभा हल हसनपुर झुम्कामा सम्पन्न स्मृति दिवसमा प्रमुख अतिथिको रुपमा थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्ष नरेन्द्र कुमार चौधरी, सभाका सभापतिका रुपमा प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौँका अध्यक्ष विद्यानन्द लेखिको उपस्थिति रहेको थियो l त्यसै गरि प्रदेश १ सभासद नवोदिता चौधरी, थारु महिला सभा केन्द्रिय सचिव शुशिला चौधरी, थारु महिला सभा सभा जिल्ला अध्यक्ष शुशिला लेखि, थारु महिल सभा इटहरी अध्यक्ष सुमिता चौधरी, जिल्ला सह-सचिव ममता चौधरी, थारु कानून ब्यबसाय सभा केन्द्रिय अध्यक्ष, अधिवक्ता रामराज चौधरी, दाना ग्रामिण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा थाकस पूर्व अध्यक्ष चन्द्रकुमार चौधरी, थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरी अध्यक्ष जानकी चौधरी, केन्द्रिय अध्यक्ष तथा उपाध्यक्ष क्रमसः परसुराम चौधरी तथा रेणु चौधरी, रामधुनी-१ का कांग्रेस सभापति रंजित चौधरी, लगायत अन्य संघ संस्थाका प्रतिनिधि तथा समाजसेवी बुद्दिजीवीहरुको उपस्थिति रहेको थियो l
विसं २०१५ मा कम्युनिस्ट पार्टीको सदस्य भइ राजनीतिक जीवन सुरुवात गरेका चौधरी पंचायती अधिनायकवादी व्यवस्था विरुद्द नेपाली जनता संगठित गराई पुर्वान्चललाइ आफ्नो कर्मथलोको रुपमा निष्ठापुर्वक सक्रिय थिए l
विसं १९९९ श्रावण २६ गते सोमबारका दिन पिता जिरालाल चौधरी र माता हाही देवी चौधरीकि जेठो सुपुत्रको रुपमा जन्मेका हुन् l गाउमा प्राथमिक शिक्षा हासिल गरेका चौधरी २०१३ सालमा शिक्षा निकेतन बिद्यालयबाट मेट्रिक पास गरि बनारसबाट आइए गरेका थिए l बनारसबाट फर्के पश्चात उनि गाउँकै बिद्यालयमा हेडमास्टरको पनि जागिर गरेका थिए l
विसं २०२५ सालमा उनि झोरा आन्दोलनको नेतृत्वमा हुदा जेल चलान भएका थिए l विसं २०२५ सालमै बिराटनगरबाट धनकुटा सार्ने क्रममा उनलाई सुट (गोलि हान्ने) वारेन्ट जारी गरिएको थियो जसबाट उनि त्यहि बेला बाच्न सफल भएका थिए l उनले जेलबाटै २०३२ सालमा बिएबिएल परिक्षा उतिर्ण गरे l उनि २०३३ सालमा जेलबाट छुटे र पुर्वान्चलमा पुनः पार्टीमा जिम्मेवारी लिई पार्टी विस्तार गर्ने काममा तल्लिन रहे l कमरेड पुष्पलालको विश्वासी सहकर्मीको रुपमा पूर्ण निष्ठा र लगनसिलताका साथ पार्टीको जिम्मेवारी सम्हालेका चौधरी पूर्वमा एकाएक चर्चित बने l विसं २०६२/२०६३ को जन आन्दोलन पश्चात २०६३ साल बैशाख १६ गते उनि भुमिसुधार तथा व्यवस्था मन्त्रि बनेका थिए l राजनीतिमा सक्रिय चौधरीको २०६७भाद्र २९ गते ६८ बर्षको उमेरमा निधन भएको थियो l