चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले गत जुन १५ मा चिनियाँ र भारतीय सेनाबीच भएको हिंस्रक झडपको भिडिओ फुटेज सार्वजनिक गरेको छ।

जुन झडपमा भारतका २० सैनिक मारिएका थिए भने शुक्रबार मात्र चीनले त्यस झडपमा आफ्ना पनि ४ सैनिक मारिएको पहिलोपटक स्वीकार गरेको थियो।

भारत–चीन सीमा पूर्वी लद्दाखस्थित गलवान उपत्यकामा ८ महिनाअघि (जुन १५) सीमा विवादका कारण दुई देशका सेनाबीच भिडन्त भएको थियो। त्यस क्रममा आफ्ना २० सैनिक मारिएको पुष्टि भारतले त्यही बेला गरेको थियो भने चीनले चाहिँ गत शुक्रबार अघिसम्म आफ्नातर्फ भएको सैनिक क्षतिबारे केही बताएको थिएन।

तर शुक्रबार पहिलोपटक त्यस झडपमा आफ्ना पनि ४ सैनिक मारिएको भनेर स्वीकार गरेको चीनले लगत्तै त्यस झडपको भिडिओ फुटेज पनि सार्वजनिक गरेको हो।

जारी भिडिओमा झडपमा मारिएका आफ्ना ४ सैनिकलाई सलामी दिइएको दृश्य पनि छ। दुई देशका सेनाबीच भएको झडपका साथै सैन्य अधिकारीबीच वार्ता भएको पनि भिडिओमा देखाइएको छ।

भिडियो हेर्नुस् :

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen