विराटनगर, २६ पुस । प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, तेर्‍हथुम र इलाममा १-१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ८, पथरीशनिश्चरे र उर्लाबारीमा १-१, सुनसरीको इटहरीमा ३ र बराहक्षेत्रमा १, झापाको गौरादह र कनकाईमा १-१, भोजपुरको स्थानीय तह नखुलेको १, उदयपुरको त्रियुगामा १, संखुवासभाको सभापोखरीमा १, तेर्‍हथुमको स्थानीय तह नखुलेको १ र इलामको माई नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ९९६ पुगेको छ ।

प्रदेश १ मा आज ३५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३०, मेची अस्पतालमा २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजमा १-१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार २४७ पुगेको छ ।

प्रदेश १ मा आज ४४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ महिला र १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen