रामधुनी, झुम्का, सुनसरी
गएराती रामधुनी-८ बाट ३ वटा खसी चोरी भएको छ । साबिक डुम्राहा-४, बसाहाबाट २ वटा र डुम्राहा-३, कालीझोडाबाट १ वटा गरि जम्मा ३ ओटा खसी एकै रात चोरी भएको दुखेसो घरमुली जितनलाल चौधरी र एक भट्टराई थरकी महिलाले बताए । चौधरीका अनुसार थारु समुदायमा बिशेष गरि मनाइने चाड माघी (माघेसंक्रान्ति) अर्थात तिलासंक्राईतकालागि पालिएको खसी गएराती चोरी भएको हो ।
धेरै नै मिहनेत गरेर पालेको करिब ५० हजार मूल्य बराबरको दुईवटा खसी चोरी हुदा आफ्नो परिवारलाइ ठुलो घाटा भएको चौधरीको एक छिमेकीले बताए । त्यसै गरि सोहि राती अर्का एकजाना भट्टराई थरकी महिलाको पनि करिब २० हजार मूल्य बराबरको खसी चोरी भएको समाजसेवी भागवत ठाकुरले बताए । केहि महिना अगाडी पनि डुम्राहाबाट शिवा चौधरीको खसी चोरी भएको थियो । राती आफु सुतेको बेला चोरले पटकपटक धन-माल चोरी गर्ने गरेको र प्रहरी प्रशासन त्यसप्रति मौन रहेको गाउलेहरुले गुनासो राख्ने गरेका छन् । मुस्किलले थोरै थोरै रकम जम्मा गरि भविष्यमा काम लाग्छ कि भनेर पशु पालन गर्छौं तर त्यो सपना नै पुरा हुन नपाई चोरले लगिदिदा सार्है दु:ख लाग्छ एक महिलाले बताईन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen