काठमाडौं, १ मङ्सिर । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत लिग ए २ को गएराति सम्पन्‍न खेलमा बेल्जियमले जीत हात पारेको छ । घरेलु मैदानमा सम्पन्‍न खेलमा बेल्जियमले इंग्ल्यान्डलाई २-० ले हराएको हो ।

बेल्जियमको जीतमा युरी टाइलेमन्स र ड्रायस मर्टेन्सले १-१ गोल गरे । दुवै गोल पहिलो हाफमा भएका थिए । १०औं मिनेटमा टाइलेमन्सले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा मर्टेन्सले अर्को गोल थपे । पहिलो हाफमै दुई गोल खाएको इंग्ल्यान्ड दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन र स्तब्ध हुन पुग्यो ।

जीतसँगै ५ खेलमा १२ अंक जोडेको बेल्जियम समूहको शीर्षस्थानमा यथावत् रहेको छ ।

इटालीले पोल्यान्डलाई हरायो

त्यसैगरी लिग ए ग्रुप १ अन्तर्गत भएको अर्को खेलमा इटालीले पोल्यान्डलाई २-० ले नै हराएको छ ।

इटालीको जीतमा जोर्गिन्हो र डोमेनिको बेरार्डीले १-१ गोल गरेका थिए ।

जीतसँगै इटाली समूहको शीर्षस्थानमा यथावत् रहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen