गत साता जो बाइडेनका धेरै समर्थकहरुले अधिकांश समय इलेक्टोरल कलेज प्रोजेक्सनमा बिताए । उनीहरु डेमोक्रेट उम्मेदवारले २ सय ७० मत सुनिश्चित गर्ने प्रतिक्षामा बसेका थिए ।
जब प्रतिक्षा पुरा भयो, तब उनीहरुले खुुुसीयाली मनाउन थाले । यही सूचीमा परेकी छिन् हलिउड अभिनेत्री जेनिफर लरेन्स। ‘एक्स म्यान’, ‘द हंगर गेम्स’ लगायत चर्चित फिल्मकी यी अभिनेत्री बोस्टनका सडकमा पाइजामा लगाएर निस्किइन्, अनि नाच्न थालिन् ।


जेनिफरको यो खुसीको क्षण क्यामेरामा कैद छ र उनले सामाजिक सञ्जालमा शेयर गरेपछि अहिले भाइरल बनेको छ । आफ्नो राजनीतिक आबद्धताप्रति वर्षौदेखि जेनिफर निकै खुला छिन् ।
उनले आफ्नो समर्थकहरुलाई पनि आफ्नो राजनीति विगत र वर्तमानबारे बताउने गरेकी छिन् । जेनिफरका अनुसार उनले पहिले रिपब्लिकन पार्टीलाई भोट गर्ने गरेकी थिइन्, अहिले डेमोक्रेट्सलाई भोट गर्छिन् ।

३० वर्षीया जेनिफर २०१५ र १६ मा विश्वकै सर्वाधिक आम्दानी गर्ने अभिनेत्री थिइन् । २०१३ मा उनी टाइम म्यागेजिनले निकालेको विश्वका १ सय प्रभावशाली व्यक्तिहरुको सूचीमा थिइन् । त्यस्तै २०१४ र २०१६ मा फोब्र्स सेलिब्रटी १०० मा उनको नाम समावेश थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen