इटहरी । इटहरीमा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत इटहरी–६ की ९ बर्षीया बालिकाको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बालिकाको आज बिहान ३ः२५ बजे मृत्यु भएको हो ।
मृतक बालिकामा कात्तिक १७ गते कोरोना पुष्टि भएपछि मंगलबार कोभिड अस्पताल भर्ना गरीएको थियो ।