विराटनगर, १५ कात्तिक । प्रदेश १ मा आज २२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १०५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । मोरंगको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २-२, केराबारी, रंगेली र बेलबारीमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराहक्षेत्रमा ३, बर्जु, गढी र दुहवीमा १-१ जना, झापाको दमक र विर्तामोडमा ६-६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २-२, हल्दीबारी र शिवसताक्षीमा १-१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । इलामको इलाम, माई र चुलाचुलीमा १-१, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ ।

प्रदेश १ आज ३२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आईसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट ९, न्युरो अस्पतालबाट ५, मेची अस्पतालबाट ३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ८५० पुगेको छ ।

प्रदेश १ मा आज ८०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०५ महिला र ११७ पुरुषको रिपोट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५९ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen