सुनसरी ,४ कात्तिक । जिल्लाभरीमा प्रहरी उपरिक्छक -१जना ,प्रहरी नायक उपरिक्छक -३ जना, प्रहरी निरिक्छक-११ जना गरी जिल्लामा लगभग १२ सय प्रहरी परिचालन हुने जम्मा भएको छ ।

नेपालीहरुको महान चाड २०७७ सालको वडा दशै,दिपावली तथा छठ पर्वको समयमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्य नजर गर्दै घटनाहरुको गम्भिर्यता हेरेर जिल्ला प्रहरी प्रमुख आफै पनि परिचालित हुनेहुनेछ भने अन्य अवस्थामा प्रनाउहरु, प्रनिहरु र जुप्रअको कमाण्डको टोली हरसमय परिचालित भएका छन । विशेष गरी चाड,पर्वको नाममा मानिहरुको गतिविधी वढि हुनेभएको छ । आर्थिक र धार्मिक गतिविधीहरु वढी हुने हुदाँ अपराधको घटनाहरु समेत वढी हुने संभावना रहन्छ । त्यसैगरी कोरोना माहामारीका कारण नियन्त्रित गतिविधीहरु मात्र हुदाँ पनि समग्र जिल्लाको सुरक्षाको दृष्टिवाट संवेसनशिल ठानी जिल्लावासीको सुरक्षार्थ हेतु यस जिल्ला प्रहरी कार्यालय सुनसरीले चाड पर्व विशेष सुरक्षा तयार गरी जनशक्ति परिचालन गरेको छ। उक्त योजना अनुसार प्रहरी उपरीक्षकको नेतृत्बमा जि.प्र.का.मा कमाण्डपोष्टको व्यवस्था गरिएको छ । जिल्लाको समग्र अवस्थाको सुरक्षा अवस्था ,आपराधिक गतिविधी लगायतका समग्र गतिविधीको अनुगमन, निर्देशन लगायतका कार्य जिप्रका प्रमुख मार्फत हुनेछ ।

त्यस्तैगरी,जिल्लाभरीको सम्पुणर् सुरक्षाको अवस्था अनुगमन गर्नको लागी जिप्रकावाट प्रनाउको कमाण्डमा-१ र प्रनिको कमाण्डमा-१ टोली परिचालन शुरु गरिएको छ । आ-आफ्नो एरियाको सुरक्षा अवस्था मजबुत बनाउनको लागी प्रत्येक एरियाको सम्वन्धित युनिटले आफ्नो एरियालाई सुरक्षित वनाउन आफ्नो युनिटमा मौजुद रहेका जनशक्तिहरुलाई व्यवस्थित तवरवाट परिचालन गरी सर्वसाधरणमा सुरक्षाको महसुस गराउने छन ।

जिल्लाको चाड पर्व सुरक्षा योजना अनुसार चार पाङ्ग्रे सवारी साधनमा आवश्यक जनशक्ति र असवावका समान सहित मोवायल १७ वटा,क्यू.आर.टी टोली (मोटरसाइकल)-७० वटा, साईकल गस्ति ६ वटा र पैदल गस्ती-१२ वटाभएका छन ।

यो पनि पढ्नुहोसः-

चेकिङ (दुर्घटना न्युनिकरणका लागी) –

राजमार्ग तथा भित्रीबाटोमा कुनै किसिमको दुर्घटना हुन नदिने जिल्लाभरीमा चेकिङ-३० वटा चेकिङको व्यवस्था गरिएको छ । जस्ले उपयुक्त स्थान र टिम फरक पारेर पुर्व पश्चिम राजमार्गमा,कोशी राजमार्गमा र भित्री सडकहरुमा चेकिङ गर्ने छ । साथै दुर्घटना न्युनिकरणको लागी मेहन्द्र राजमार्ग,कोशी राजमार्गमा ट्राफिक सहितको चौविसै घन्टा चेकिङको व्यवस्था गरिएको छ ।

यात्रु सहायता कक्ष

यस जिल्लाबाट बाहिरिने तथा भित्रिने लामो दुरी तथा छोटो दुरीको सवारीसाधनहरुमा यात्रा गर्ने यात्रुहरुको समस्या सामाधान तथा सुरक्षार्थ ईनरुवा नपा-४ बसपार्क,धरान उमनपा-२ भानु चौक,ईटहरी उमनपा-९ बसपार्क,दुहबि नपा-८ फुटबल चौक, ईटहरीउमनपा(१७ कान्छी चौक पकलीमा यात्रु सहायता कक्षको समेत स्थापना गरिएकोछ ।

सादा पोसाक

चाड पर्वको समयमा हुने अपराधिक कार्य गर्नेहरुलाई पक्राउ गर्न,सुचना सङ्कलन गर्न लगायतका काममा परिचालन हुने गरी १० वटासादा पोसाक टोली समेत परिचालन गरिएको छ ।

धार्मिक स्थल सुरक्षा –

मन्दिरमा विशेष गरी पुजा गर्न आउने भक्तजनहरुको सुरक्षाको लागी बढी पुजा हुने स्थानहरुको यकिन गरी उक्त स्थानमा रहेको प्रहरी युनिटहरुवाट परिचालन हुने गरी जु.प्रहरी अपरिक्षकको कमाण्डमा परिचालन हुने गरी ७५ जनाको १५ वटा टोलीको व्यवस्था मिलाईएको छ। जसले मन्दिरमा भिडभाड हुन नदिने तथा कुनै किसिमका मेला लगायतका भिडभाडजन्य गतिविधीहरुलाई नियन्त्रण गरिने छ ।

रिजर्भ टोलीः-

यस जिल्लाका कुनैपनि एरियामा कुनै प्रकारको हुल हुज्जत वा भिडभाड लगायतका निषेधित गतिविधीको नियन्त्रण गर्न , एरियाको कर्डन गरी प्रहरी कारवाहीका लागी तत्काल परिचालन गरीने गरी जिप्रकामा प्रनिको कमाण्डमा १५ जना,ईप्रका धरान,ईटहरीमा १५-१५ जना ,ईलाकाा प्रहरी कार्यलय पकली, दुहबि र महेन्द्रनगरमा प्रहरी नायक निरिक्षकको कमाण्डमा १०-१० जना जम्मा प्रनिको कमाण्डमा ७५ जनाको टोली आवश्यक हातहतियार सहित तत्काल परिचालन हुन सक्ने गरी रिजर्भ(स्टेण्बाई) राखिएका छन ।

सचेतना कार्यक्रम –

विश्वव्यापी रुपमा फैलि रहेको कोरोना माहामारीका विरुद्दमा सर्वसाधरणमा सचेतना फैलाउने उद्देश्यका साथ स्थानिय तहहरुसंगको समन्वयमा मातहतका सवै युनिटहरुवाट सचेतना जिङ्गल तयार गरी मोवायल गाडीहरुमा वजाउने कार्य भैरहेको छ । कोरोना सङ्क्रमण फैलन नदिन सर्वसाधरणहरुलाई मास्क लगाउने वानी वसाउने उदेश्यले “तपाईको मास्क खै” नामक कार्यक्रम पनि सवै प्रहरी युनिटहरुले संचालन गरीरहेका छन। यस कार्यक्रममा मास्क नहुनेलाई मास्क समेत दिईने गरिएको छ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen