विराटनगर २ कात्तिक । प्रदेश १ मा आज ४७४ जना कोरोना संक्रमित थपिए छन् । मोरंगमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, तेर्‍हथुम, पाँचथर र ओखलढुङ्गामा १- १ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मनत्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १५४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५० महिला र १०४ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२-१२, बुढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा १-१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा ५७, इनरुवामा ९, रामधुनीमा ७, दुहवीमा ५, धरानमा ४, बर्जु र गढीमा २-२, हरिनगर, बराहक्षेत्र, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मनत्रालयले जनाएको छ ।
उता झापाको भद्रपुरमा १५, दमकमा १३, विर्तामोडमा १२, मेचीनगरमा ९, गौरादह र अर्जुनधारामा २-२, कमल, झापा गाउँपालिका र बार्‍हदशीमा १-१, उदयपुरको कटारी र त्रियुगामा १३-१३, उदयपुरगढी, बेलका र चौदण्डीगढीमा १-१, इलामको इलाममा ४, फाकफोकथुम, माईजोगमाई र सुर्योदयमा १-१, संखुवासभाको चैनपुर र मकालु २-२, खाँदबारीमा १, भोजपुरको अरुण र भोजपुरमा १-१, धनकुटाको छथरमा १, तेर्‍हथुमको लाली गुराँसमा १, पाँचथरको फिदिममा १ र ओखलढुङ्गाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६५६ पुगेको छ ।
प्रदेश १ मा आज १५ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, मेची अस्पतालबाट ७ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५७५ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ४६८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४९ महिला र ३२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४६ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen