सुनसरी । मोटरसाईकल चोरी गरेकाे अाराेपमा प्रहरीले २ जना सार्वजानिक गरेकाे छ । शनिबार (कात्तिक १) गते राती सुनसरीको ईटहरी ६ स्थित रिजाल भिजन पार्टि प्यालेस अगाडि पार्किङ गरी राखेको अवस्थामा को.२४.प ७५९६ नं हिरो कम्पनीको सुपर स्पेलेन्डर मोटरसाईकल चाेरी गरेकाे अाराेपमा देवानगंज गा.पा. वडा नं. ३ बस्ने बर्ष २१ को मनोज मेहता र सोहि स्थानमा बस्ने बर्ष २० को रमेश मेहतालाई रंगे हातपक्राउ गरीएको हाे । मोटरसाइकल र निज व्यक्तिलाई थप आवश्यक अनुसन्धान शुरू गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएकाे छ ।