विराटनगर, ३० असोज । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवस्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले प्रविधिको रुपान्तरण विना जनताको जीवनस्तर उकास्न नसकिने बताउनुभयो । उहाँले विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवस्यक रहेको बताउनुभयो । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत शिक्षकको सूचना प्रविधि संवन्धि क्षमता विकासका लागि दोश्रो चरणको अनलाईन तालिमको आज शुभारम्भ गर्दै प्रदेश प्रमुख अधिकारीले सो कुरा बताउनु भएको हो । उहाँले शिक्षकलाई प्रविधिप्रेमी बन्न आग्रह गर्नुभयो । सामुदायिक र संस्थागत विद्यालयलाई प्रविधिमा प्रतिष्पर्धी बन्न प्रदेश प्रमुख अधिकारीले आग्रह गर्नुभयो । पछिल्लो समय शिक्षा सहि दिशामा नगएको भन्ने चिन्ता देखिएकाले सहि दिशामा ल्याउन आग्रह गर्नुभयो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सवै विद्यालय चाँडै प्रविधिमैत्री बन्ने बताउनुभयो । १० वर्षभित्रमा किताव र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान भएपनि २-४ वर्ष भित्रमा सवै विद्यालय प्रविधिमैत्री बन्ने उहाँको भनाई छ । १ हजार ३ सय बढी विद्यालयमा प्रदेश सरकारको लगानीमा कम्प्युटर ल्याव निर्माण गरिसकिएको मन्त्री घिमिरेले बताउनुभयो । प्रत्येक स्थानीय तहका १ सय शिक्षक प्रविधिमैत्री बन्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ प्रत्येक स्थानीय तहका १ सयले सूचना प्रविधि सम्वन्धि तालिम लिएपछि अन्य शिक्षकलाई पनि सिकाउने छन् ।’
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सूचना प्रविधिको तालिम पछि विद्यालयको पठन पाठनमा ठुलो परिवर्तन आउने बताउनुभयो । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सामुदायिक विद्यालयहरु सूचना प्रविधि मैत्री हुन आवस्यक रहेकोमा जोड दिनुभयो । शिक्षकलाई पेशागत रुपमा सक्षम बनाउने उद्देश्य सहित तालिम शुरु गरिएको सचिव कार्कीले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा पहिलो चरणको तालिम गत असोज १५ गतेदेखि शुरु भएको छ । पहिलो चरणमा ६ वटा स्थानीय तहका ६ सय शिक्षक सहभागि छन् । दोश्रो चरणको तालिम आजदेखि शुरु भएको छ । दोश्रो चरणका तालिममा १० वटा स्थानीय तहका १ हजार शिक्षक सहभागि भएको सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen