
सुनसरी, २८ असोज । आज सुनसरीको भोक्राहा नरसिंह गा.पा. वडा नं. ०३ पूर्व-पश्चिम राजमार्गको शिवगंज चौक सडक खण्डमा जिल्ला प्रहरी कार्यालय, सुनसरीबाट खटिइएको गस्ती प्रहरी टोली गस्ती गर्दै जाने क्रममा अबैध लागुऔषध प्रहरीले बरामद गरेको छ । उक्त सुनसरी भोक्राहा नरसिंह गाउपालिका वडा नं. ३ बस्ने वर्ष ४० को चन्द्र नारायण साहनाम बताउने (मानिस) संकास्पद अवस्थामा हातमा प्लाष्टिकको झोला बोकी हिडिरहेको देखि निजलाई रोकी सोध पुछ तथा निजले बोकेको प्लाष्टिकको झोला चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा डाइलेक्स-डिसी १०० एम.एल.को अवैध लागुऔषध र रेडमी लेखिएको रातो रङ्गको एउटा मोबाइल समेत फेला परेको हो । निजलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३ वमोजिमको प्रकृया वढाईएको जिल्ला प्रहरी कार्यलय सुनसरीले प्रेस ब्रिफिङ्ग मार्फत जानकारी दिएको छ ।